BIZMANDU
www.bizmandu.com

सुनको मूल्य दुई दिनमा तीन सय ५० रुपैयाँले बढ्यो, तोलाको ५२ हजार, चाँदीको मूल्य भने स्थिर

२०७१ भदौ ३१

काठमाडौं। सुनको मूल्यमा खासै उतारचढाव देखिएको छैन । सोमवार र मंगलवार दुई दिनमा सुनको मूल्य तीन सय ५० रुपैयाँले बढेको छ । आइतवार तोलाको ५१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन मंगलवार ५२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

Tata
GBIME
Nepal Life
भारतीय बजारमा पनि मंगलवार विहान सुनको मूल्य बढ्ने क्रममा रहेको  सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन । करिब साढे ११ बजे त्यहा प्रतिऔंस सुनको कारोबार २७ हजार १२ भारुमा कारोबार भइरहेको छ । अघिल्लो दिन त्यहा सोही परिमाणको सुन २६ हजार आठ सय ९८ भारुमा कारोबार भइरहेको थियो । 
 
घरेलु बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको सात सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।