BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकले घोषणा गर्यो २३.१६ प्रतिशत लाभांश, १२ प्रतिशत बोनस, चुक्तापूँजी दुई अर्ब पुग्ने

२०७१ भदौ ३०

काठमाडौं। सिद्धार्थ बैंकले बोनस सेयर दिएर चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउने भएको छ । बैंकले सोमवार २३.१६ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले १२ प्रतिशत बोनस सेयर र ११.१६ प्रतिशत नगद लाभांश दिने भएको हो । 

Tata
GBIME
Nepal Life
बैंकले घोषणा गरेको बोनस सेयर पारित भए चुक्तापूँजी दुई अर्ब तीन करोड पुग्ने छ । हाल बैंकको चुक्तापूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । बैंकको सोमवार सेयर मूल्य भने तीन रुपैयाँले मूल्य घटेर सात सय ४५ रुपैयाँ भएको छ ।

बैंकले गत आवमा ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअघि बैंकले १२ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिएको थियो ।