BIZMANDU
www.bizmandu.com

मेगा बैंकका कर्मचारीले सिन्धुपाल्चोक वाढीपिडितलाई सहयोग गरे, दुई लाख आठ हजार सहयोग

२०७१ भदौ ३०

मेगा बैंकका कर्मचारीले सिन्धुपाल्चोक वाढीपिडितलाई सहयोग गरे, दुई लाख आठ हजार सहयोग
मेगा बैंकका कर्मचारीले सिन्धुपाल्चोक वाढीपिडितलाई सहयोग गरे, दुई लाख आठ हजार सहयोग

Tata
GBIME
Nepal Life

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडका कर्मचारीहरुले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन्। बैंकका कर्मचारीहरुले एक दिनको तलब बाढीपहिरो पीडितलाई दिएका हुन्। 

 
मेगा बैंकका प्रत्येक कर्मचारीको एक दिनको तलबबाट संकलित दुई लाख आठ हजार ७० रुपैयाँको चेक मेगा बैंकको चौतारा शाखाका प्रमुख धरणीधर सापकोटाले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन्। 
 
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत, यस प्राकृतिक विपतको घडीमा नेपाली दाजुभाईहरुको लागि यो सहयोग गरिएको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताएका छन्। मेगा बैंकले यसअघि पनि कञ्पनपुरको भुजेलामा पहिरोबाट क्षतिग्रस्त विद्यालय बनाउन एक लाख रुपैंया सहयोग गरेको थियो।