BIZMANDU
www.bizmandu.com

कृषि बैंकका विभागीय प्रमुखहरु नै आन्दोलनमा, माग सम्बोधन नभए आमरण अनसन बस्ने

२०७१ भदौ ३०

काठमाडौं। नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंकले सुरु गरेको विरोध कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु नै सहभागि भएका छन्। संघको आन्दोलन प्रति एक्यववद्धता जनाउँदै विभागीय प्रमुखहरु आन्दोलनमा सहभागि भएका हुन्।

बैंक व्यवस्थापनलेे प्रथम श्रेणीको विभागीय प्रमुख र उपमहाप्रबन्धकहरुलाई लक्षित गरी यस अघि ल्याएकोे विभेदकारी क्यापिंगको विरोधमा बैंकका विभागीय प्रमुखहरुले उक्त धर्ना कार्यक्रमलाई साथ दिएका हुन्। विभागीय प्रमुखहरुले बैंक व्यवस्थापनलाई उक्त क्यापिंग हटाउन कर्मचारी युनियनसंग यस अघि गरेको सहमति कार्यान्वयन गर्न दवाव दिएका छन्।

Tata
GBIME
Nepal Life

केही दिनदेखि करिव पन्ध्रजना प्रथम श्रेणीका अधिकृतहरु धर्ना कार्यक्रममा बसेका छन। आफूलाई परेको अन्यायको सुनुवाई नभए आमरण अनशनमा बस्न तयारी उनीहरुले गरेको संघले जनाएको छ।

बैंक व्यवस्थापनले कर्मचारीको माग प्रति वेवास्ता गरेको भन्दै विभागीय प्रमुखहरुले आन्दोलनलाई साथ दिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। माग पुरा नभए कर्मचारीहरुले आन्दोलन थप कडा बनाउने पनि संघले जनाएको छ। संघले आन्दोलन थप कडा बनाउन असोज १ देखि ३ गतेसम्म मुख्य कार्यालयको क्यास भ्यान बाहेक बैंकका सम्पूर्ण सवारी साधनहरु चल्न नदिने घोषणा गरेको छ।