BIZMANDU
www.bizmandu.com

फेवा फाइनान्सले एक दर्जन पदका लागि जागिर माग्यो, ट्रेनिअसिस्टेन्टदेखि प्रबन्धकसम्म आवेदन माग

२०७१ भदौ ३०

काठमाडौं। पोखरामा केन्द्रीय कार्यालय रहेको फेवा फाइनान्स लिमिटेडले नयाँ कर्मचारी नियुक्त गर्ने भएको छ। फाइनान्सले करिव एक दर्जन कर्मचारी नियुक्त गरिने जनाएको छ।
 
कम्पनीले एक जना कानुनी सल्लाहकार माग गरेको छ। यो पदका लागि एलएलबी गरेको हुनु पर्छ। साथै कम्पनीले शाखा प्रबन्धक तीन जना माग गरेको छ। यसको न्युनतम योग्यता स्नातक तोकिएको छ।
 
यसैगरी जुनियर अफिसर वा सुपरभाइजरका लागि संख्या नतोकी आवेदन खुला गरिएको छ। केहीलाई नियुक्त गरिने भनिएको यो पदका लागि कम्तिमा स्नातक उत्तिर्ण हुन आवश्यक छ। साथै सुचना प्रविधितर्फ ट्रेनिअसिस्टेन्ट एक जना माग गरिएको छ। यसैगरी सामान्यतर्फ ट्रेनिअसिस्टेन्टका लागि पनि केही संख्यामा माग गरिएको छ। फाइनान्सले व्यवस्थापक तीन जना माग गरेको छ। 
 
कम्पनीले खुला गरेको पदहरुमा आगामी १५ दिनभित्र आवेदन दिइसक्नु पर्छ। 
 

Tata
GBIME
Nepal Life