करिव एक महिना अघि मर्जलार्इ नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको थियो । चार बैकवीच मर्जपछि प्रभु बैकका नामबाट कारोवार थालेका हुन् ।
दुई अर्व चुक्ता पुँजी रहेको किस्ट वाणिज्य बैंक थियो भने प्रभु राष्ट्रिय स्तरको विकास बैंक थियो । जेनिथ पनि राष्ट्रियस्तरको फाइनान्स कम्पनी हो भने गौरीशंकर क्षेत्रीयस्तरको विकास बैंक हो ।
बैकको चुक्ता पुँजी तीन अर्ब आठ करोड रुपैयाँमा छ । मर्जरपछि ३० वटा वाणिज्य बैंकमध्ये चुक्ता पुँजीको आधारमा प्रभु सातौं, जगेडा कोषको आधारमा १२ भित्र, निक्षेपको आधारमा १५ भित्र, लगानीको आधारमा २० भित्र परेको छ ।
प्रभु बैंक एक सवल, सक्षम र सफल बैंकको रुपमा स्थापित भई सन्तोषजनक बैंकिङ्क कारोबार गर्ने विश्वास बैंकको छ ।
Bank (000) | paid up according to swap | swap ratio | profit/loss 4Q | Deposit | loan | Reserve |
Kist bank | 1946200 | 97.31 | -240612 | 19835166 | 13732575 | -815833 |
Gauri shankar | 227512 | 107.31 | 46069 | 1385397 | 1096709 | 123826 |
Zenith finance | 213236 | 92.31 | 40928 | 992135 | 874696 | 63155 |
Prabhu bikas | 821955 | 107.31 | NA | NA | NA | NA |
किष्ट बैंकको प्रति सय सेयर बराबर ९७.३१, प्रभु विकास बैंकको सय सेयर बराबर १०७.३१, गौरीशंकर डेभलपमेन्ट बैंकको पनि १०७.३१ र जेनिथ फाइनान्सको प्रति सय सेयर बराबर ९२.३१ सेयर स्वाप रेसियो कायम गरि चारवटै सस्थाले पारित गरेका थिए ।
प्रभु विकास बैंकको चैतसम्म ७६ करोड ५९ लाख रुपैयाँ, किस्ट बैंकसँग दुई अर्ब रुपैयाँ, गौरीशंकर डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २१ करोड रुपैयाँ र जेनिथ फाइनान्सको २३ करोड रुपैयाँ चुक्ता पुँजी थियो ।
सेयर स्वाप रेसियाको संरचनाअनुसार किष्ट बैंकसँग एक अर्ब ८४ करोड ६२ लाख, प्रभुसँग ८२ करोड १८ लाख, गौरिशंकरको २२ करोड ५३ लाख र जेनिथ फाइनान्सको १९ करोड ३८ लाख रुपैयाँको चुक्ता पुँजी भएको थियो ।
विकास बैक हुँदा प्रभुसँग जगेडा कोषमा रहेको ३० करोड जेनिथ फाइनान्ससँग चार करोड ३५ लाखर गौरिशंकर विकास बैंकको जगेडा कोषमा दश करोड ६५ लाख रुपैयाँ पनि एकै बैंकमा थपिएको छ । त्यसैगरी किष्ट बैंकको जगेडा कोष ७७ करोड रुपैयाँले ऋणात्मक थियो ।
तीन वटा सस्थाबाट पैसाले कोष सकारात्मक हुनेछ। सेयर रेसियो अनुपातका कारण झण्डै १८ करोड रुपैयाँ जगेडा कोषमा जानेछ । बैंकको लोगो नेपाली परिवेश अनुसार पिपलको पात आकारको बनाई बिचमा किष्ट शब्द लेखिएको छ ।
प्रभु बैंकको सञ्चालक संख्या सात जना रहने र सञ्चालक समितिको अध्यक्षमा देवीप्रकाश भट्टचन छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल र नायब प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन छन् ।
मर्जपछि बैंकको शाखा संख्या ११२ वटा पुगेको छ भने एटीएम संख्या ११० भन्दा बढी छन । यो शाखा सञ्जालका हिसावले निजी क्षेत्रका बैंकमा सबैभन्दा बढी हो । त्यसैगरी बैंकमा १२ सय कर्मचारी छन भने ग्राहक संख्या सात लाख भन्दा धेरै रहेको बैंकले जनाएको छ ।