BIZMANDU
www.bizmandu.com

प्रभु मनि ट्रान्सफर तथा रेमिट्यान्स एसोसिएसनको तर्फबाट राहत कोषमा तीन लाख रुपैयाँ सहयोग

२०७१ भदौ २९


काठमाडौं। प्रभु मनि ट्रान्सफर तथा नेपाल रेमिट्यान्स एसोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गरेका छन्।

Tata
GBIME
Nepal Life

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका उनीहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा तीनलाख ३३ हजार तीनसय ३३ रुपैयाँ हस्तान्तरण गरेका हुन्। यो रकम एसोसिएसनका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे। उक्त रकम मध्ये एसोसिएसनले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ।

सहयोग रकम प्रभु मनि ट्रान्सफरका कर्मचारी तथा एसोसिएसनका सदस्यबाट संकलन गरिएको थियो।