BIZMANDU
www.bizmandu.com

युवालाई सेयर बजारमा लगानी गर्न प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नेपालको आग्रह

२०७१ भदौ २७

काठमाडौं। आफुसंग भएको रकम बुझेर सेयर बजारमा लगानी गर्न युवाहरुलाई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले आग्रह गरेका छन ।

Tata
GBIME
Nepal Life

शुक्रवार धितोपत्र बोर्ड, रोटर्याक्ट क्लब अफ राजधानी र काठमाडौं मेट्रोको संयुक्त आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन ।
 

अर्बपतिहरुको सम्पत्तीको आधार नै सेयर बजारमा भएको र उनीहरुको कम्पनीले बजारमा पाएको मूल्यले यस्तो निर्धारण गरिने भएकोले सेयर बजारमा युवाहरुले पनि लगानी बढाउनु होस, नेपालले भने ।

राज्य कमजोर हुँदा कम्पनीहरुले ठगेको र नेपाली सेयर बजारमा बैदेशिक लगानीकर्ता मात्र नभएर राष्ट्रिय लगानीकर्ता समेत लगानीे लागि इच्छुक नदेखिएको नेपालले बताए । 
 

सुचीकृत कम्पनीहरुबाटै पनि निर्देशनको अवहेलना हुन थालेकोले पनि समस्या आउने गरेको नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सिताराम थपलियाले उल्लेख गरे ।

हामीले कम्पनीहरुलाई कारोबार अवधिमा सेयर मूल्यलाई प्रभाव पार्ने कुनै निर्णय नर्गन र कारोबार भन्दा अघि वा पछि नै यस्ता निर्णय गरेर जानकारी तत्काल पठाउन भन्दै आएका छौं । तर विहीवार नै पनि नेपाल इन्भेष्टमेन्ट बैंकले हाम्रो निर्देशनको पालना गरेन , थपलियाले भने ।  

कम्पनीलाई कुनै किसिमको कारवाही गरे फेरी सञ्चार माध्यमले त्यसको बिरुद्धमा लेख्न सक्ने अवस्था समेत रहेकोले अफ्ठयारो परेको थपलियाले गुनासो गरे । 
 

नेपाल इन्भेष्टमेन्ट बैंकले विहीवार बजार खुलेको समयमा नै लाभांश सम्बनिध निर्णय गरेको र बजार बन्द भए लगत्तै जानकारी गराएको नेप्सेले बताएको छ । बैंकले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । 
 
सचेतना अभावले अहिले सेयर बजारमा समस्या देखिएको र अहिले बजार तथ्यमा भन्दा पनि हल्लामा आधारित हुन पुगेको र बजार नियमक, सरकारले यस्तो प्रवृत्ति नियन्त्रण गर्न नसकेको उनले बताए । 
 
नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले बजारमा लगानी गर्ने समय भएको र कम्पनीहरु बुझेर सुरक्षित रुपमा लगानी गर्न अनुरोध गरे ।