BIZMANDU
www.bizmandu.com

एनसिसी बैंकको वोर्ड संयोजक फेरिए, शिवनाथ पाण्डे नयाँ संयोजक, ४० प्रतिशतसम्म वोनस सेयर दिइने

२०७१ भदौ २७

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनसिसी बैंकको सञ्चालक समितिको संयोजक परिवर्तन गरेको छ । पहिलेका संयोजक बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकमा वढुवा भएपछि राष्ट्र बैंकले उनको ठाउँमा त्यही विभागका निर्देशकलाई पठाएको छ ।

याे पनि पढ्नुस् :-

Tata
GBIME
Nepal Life

 

एनसिसी बैंक मर्ज गर्न अर्को संस्था खोजिँदै, संस्थापकसँग छलफल, एउटै समूहको संस्थासँग मर्ज

एनसिसिकाे ४० करोड ऋण सेटल भयो

वोनस सेयर वितरण गरेर पुँजी दुई अर्ब पुर्‍याउने

 
यसअघिका संयोजक लक्ष्मीप्रपन्न निरौला थिए । नयाँ संयोजकमा शिवनाथ पाण्डेलाई नियुक्त गरिएको छ । बाँकी दुई सदस्य भने पुरानै हुने छन् ।
दुई सदस्यमा राष्ट्र बैंकका उपनिर्देशक रमेश आचार्य र सहायक निर्देशक रेशमराज रेग्मी  छन् ।
 
एनसिसी बैंकको सञ्चालक समितिमा किचलो देखिएपछि राष्ट्र बैंकले वोर्ड निलम्बन गरी आफूले जिम्मा लिएको थियो । राष्ट्र बैंकले गत माघ २१ गतेदेखि एनसिसी बैंकको वोर्ड जिम्मा लिएको छ । 
 
राष्ट्र बैंकको टिमलाई एनसिसी बैंकको पुँजी दुई अर्ब पुर्याउने र मर्ज गराउने जिम्मेवारी तोकिएको छ । बैंकले दुई आर्थिक बर्षको बार्षिक साधारणसभा गरेको छैन । बैंकले दुई बर्षको साधारणसभा एकै पटक गरेर नाफाबाट पुँजी दुई अर्ब पुर्याउने तयारी गरेको छ । बैंकले ३७ देखि ४० प्रतिशत वोनस सेयर वितरण गर्ने तयारी गरिरहेको छ ।