BIZMANDU
www.bizmandu.com

लोकतान्त्रिक वैदेशिक रोजगार फोरममा विमल ढकाल अध्यक्ष निर्वाचित

२०६९ भदौ २४

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको अध्यक्षमा विमल ढकाल निर्वाचित भएका छन् । काग्रेस निकट फोरमको शनिबार बसेको साधारणसभाले ढकाल निर्वाचित गरेको हो । फोरमको बरिष्ठ उपाध्यक्षमा हंशराज वाग्ले, उपाध्यक्षमा देवी काफ्ले, महासचिवमा प्रज्ञान न्यौपाने र सचिवमा चिरञ्जिवी बस्याल निर्वाचित भएका छन् ।
फोरमको कोषाध्यक्ष र सहकोषाध्यक्षमा शारदा न्यौपाने र सहकोषाध्यक्षमा गोपाल घिमिरे निर्वाचित भएका छन् । फोरमको सदस्यमा अनुपविक्रम शाह, डम्बरबहादुर बस्नेत, यादव लामिछाने, थिरमणि पौडेल, देवराज कार्की, नरेन्द्रप्रसाद ढकाल,योगेश बस्नेत, दुर्गाबहादुर लिम्बु, कुवेरसिंह कोइराला र सिर्जना गुरुङ चयन भएका छन् ।
 स्रोतका अनुसार फोरमको निर्वाचनमा समेत कांग्रेसको कोइराला खेमा र देउवा खेमा स्पस्ट रुपमा देखिएको थियो । निर्वाचन नगरी सहमतिमा मिलाउन कांग्रेसका माथिल्लै नेताहरुको दबाब पनि आएको थियो । सहमति हुन नसकेपछि फोरमको निर्वाचन भएको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा समेत कांग्रेसको दुई खेमा निर्वाचनमा गएका थिए । दुई खेमा निर्वाचनमा गएकोले काग्रेसका उम्मेदवार हंशराज वाग्ले एक भोटबाट अध्यक्षमा पराजित भएका थिए ।

Tata
GBIME
Nepal Life