काठमाडौं । सफ्टवेयरको विकास र प्रवद्र्धनको लागि कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)ले विहिवारदेखि पाँचौ ‘इन्फो डेभलपर क्यान सफ्टेक’ गर्ने भएको छ । राजधानीको त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टरको डाइरेक्सन नेपालको हलमा हुने मेलामा ३५ कम्पनीले सहभागिता जनाउने भएका छन् । क्यानले शनिबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो । भदौ २८ देखि ३१ सम्म हुने मेलामा दुइवटा प्याभिलिएनमा सफ्टवेयर मात्रै हुनेछन् । क्यानले सन् २००७देखि हरेक वर्ष भदौमा यस्तो मेला गर्दै आएको छ ।