BIZMANDU
www.bizmandu.com

घरको भित्री भित्ता चमकाउन आयो एशियन पेन्टस्को रोयाले साइन पेन्टस्

२०६९ भदौ २४

घरको भित्री भित्ता चमकाउन आयो एशियन पेन्टस्को रोयाले साइन पेन्टस्
घरको भित्री भित्ता चमकाउन आयो एशियन पेन्टस्को रोयाले साइन पेन्टस्


काठमाडौं । एशियन पेन्टस्ले घरको भित्री भित्ताको लागि नयाँ पेन्टस् बजारमा ल्याएको छ । ‘रोयाल साइन’को यो पेन्टस् टेफ्लन सतह सुरक्षायुक्त भित्री इमल्सन हो । यसलाई अमेरिकाको डुपोन्टले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
यो पेन्टस् चुनिएका डिलरमार्फत बिक्री हुने कम्पनीले जनाएको छ । यो पेन्टस्मा ज्यादा चमक र दाग धब्बा प्रतिरोधात्मक क्षमता छ । उच्च गुणस्तरको पेन्टस् खोज्नेलाई लक्ष्य गर्दै यस्तो पेन्टस् ल्याएको कम्पनीका कन्ट्री डाइरेक्टर बुधादित्य मुखर्जीले बताए । उनले ठूला चाडपर्व नजिकिँदै गएकोले नयाँ पेन्टस् बजारमा ल्याएको जानकारी दिए ।

Tata
GBIME
NLIC