काठमाडौं। एनएमबी क्यापिटलले ६० करोड रुपैयाँ बराबरको सुलभ इन्भेष्टमेन्ट फन्डका इकाइहरु जारी गर्ने स्वीकृति पाएको छ। धितोपत्र वोर्डले एनएमबीलाई शुक्रबार स्वीकृति दिएको हो।
६० करोड रुपैयाँ बराबरको इकाइहरुमा बढी आवेदन परेमा कम्पनीले ७५ करोड रुपैयाँसम्मका इकाइहरु बिक्री गर्न सक्ने छ। कम्पनीले आउँदो साता नै आह्वानपत्र प्रकाशित गर्ने योजना बनाएको छ। आह्वानपत्र आएको हप्ता दिनभित्रै निस्कासन सुरु गरिने कम्पनी स्रोतले जानकारी दिएको छ।
.JPG)
यसअघि सिद्धार्थ क्यापिटलले दुई पटक र नबिल इन्भेष्टमेन्ट फन्डले एक पटक इकाइहरु निस्कासन गरिसकेका छन्। चौथो पटक इकाइहरु बिक्री गर्ने एनएमबी चौथो कम्पनी हो।
इकाइहरुको स्पोन्सर कम्पनी एनएमबी बैंक हो। बैंककै सहायक कम्पनी एनएमबी क्यापिटल हो। एनएमबी क्यापिटलले फन्डको व्यवस्थापन गर्ने छ। यो स्किममा बैंकले १४ प्रतिशत र एनएमबी क्यापिटलले एक प्रतिशत लगानी गर्ने छन्।
कम्पनीले निस्कासन गर्ने इकाइहरुको अंकित मूल्य १० रुपैयाँ हुने छ। लगानीकर्ताले न्युनतम एक सय कित्ता र वढीमा ६० लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।
पाँच बर्षमा परिपक्क हुने योे स्किमबाट संकलित रकम सेयर (इक्विटी) र फिक्स्ड इन्भेष्टमेन्टमा लगाइने छ। कम्पनीका अनुसार, ५५ देखि ८० प्रतिशतसम्म सेयरमा लगानी गरिने छ। बाँकी रकम ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको निक्षेपमा लगानी गरिने छ।