BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकको क्रसहोल्ड सेयर ‘फ्रिली ट्रेडेबल’, ८.२९ लाख कित्तासम्म स्वीकृति नचाहिने

२०७१ भदौ १९

इन्भेष्टमेन्ट बैंकको क्रसहोल्ड सेयर ‘फ्रिली ट्रेडेबल’, ८.२९ लाख कित्तासम्म स्वीकृति नचाहिने
इन्भेष्टमेन्ट बैंकको क्रसहोल्ड सेयर ‘फ्रिली ट्रेडेबल’, ८.२९ लाख कित्तासम्म स्वीकृति नचाहिने

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले बोलकबोल प्रक्रियाबाट बिक्री गरिरहेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर फ्रि ट्रेडेबल (सजिलै कारोबार गर्न सकिने) प्रकृतिको भएको नियामक र बैंक दुबैले प्रस्त पारेका छन्। 
 
'राष्ट्र बैंकले क्रस होल्डिङमा रहेका संस्थापक सेयरहरुको सम्बन्धमा परिपत्र जारी गरेरै यस्तो व्यवस्था गरेको छ, त्यसैले यसमा दुविधा हुनु पर्दैन,' नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले भने।
 
राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशन २०७१ ले क्रस होल्डिङको कारण बिक्री हुने सेयर धितोपत्र बिनिमय बजारबाट खरीद बिक्री गर्न सकिने गरि छुट दिएको उल्लेख छ। निर्देशनले यसरी बिक्री भएको सेयर विनिमय बजार मार्फत् पुनः खरिद बिक्री गर्न पाँउने व्यवस्था समेत गरेको छ। यसरी बिक्री हुने सेयर खरिद गर्नेको समूह परिवर्तन नहुने र सोही समूहमा रहने उल्लेख छ। 
 
'हामीले बिक्री गरिरहेको नेपाल इनभेष्टमेन्टको यी सेयर समूह 'ख' का हुन्।  त्यही समूहमा नै रहने छ। तर करोबार भने स्वतन्त्र तरिकाले गर्न सकिन्छ,' राष्ट्रिय वाणिज्य बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले भने। 
 

Tata
GBIME
Nepal Life

 

राष्ट्र बैंकको निर्देशन अनुसार खरीदकर्ताले सेयर किन्ने बेला नै कालो सुचीमा नरहेको र संस्थापक समूहको सेयर खरीद गर्न अयोग्य नभएको स्वघोषणा भने गर्नुपर्छ। 'यस्तो घोषणा गरेपछि कारोबारको लागि कुनै समस्या हुने छैन,' शर्माले भने। 
 
क्रस होल्डिङमा रहेको संस्थापक सेयर मात्र नभएर सबै संस्थापक सेयर दुई प्रतिशतभन्दा धेरै खरिद गर्दा 'फिट एण्ड पर्पर टेस्ट' दिनु पर्ने हुन्छ। 
 
कुल चार करोड १४ लाखभन्दा बढि कित्ता सेयर रहेको नेपाल इन्भेष्टमेन्ट बैंककोे दुई प्रतिशत सेयर भनेको आठ लाख २९ हजारभन्दा बढि हुन आउँछ। यो सेयर किन्नका लागि विशेष स्वीकृति लिनु पर्दैन। यसको मूल्य ४३ करोड ९५ लाख रुपैयाँ हुन आउँछ। 
 
उनले इन्भेष्टमेन्ट बैंक राम्रो प्रतिफल दिँदै आएको संस्था भएकाले यसको सेयरमा लगानी गर्नेहरुले राम्रो आम्दानी गर्नसक्ने बताए।