BIZMANDU
www.bizmandu.com

गाडि किन्ने तयारी छ, कुन बैंकको कति व्याजदर ?

२०७१ भदौ १९

गाडि किन्ने तयारी छ, कुन बैंकको कति व्याजदर ?
गाडि किन्ने तयारी छ, कुन बैंकको कति व्याजदर ?


विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । केही बर्ष बिदेशमा बसेपछि नेपाल आएका धनुषाका सञ्जित गिरीलाई कार चढ्ने रहर जागेको छ । काठमाडौं बत्तिस पुतलीमा सञ्चालनमा रहेको अगरवत्ति उत्पादन व्यवसायमा सोचेअनुसार लाभ हुन थालेपछि उनलाई पनि गाडी चढ्ने रहर जागेको हो ।

Tata
GBIME
NLIC

बुधवारबाट शुरु भएको ‘नाडा अटो शो’ मा भेटिएका गिरीले ‘अल्टो ८००’ कार चढ्ने सोच बनाएका छन । १७ लाख रुपैयाँ मूल्य पर्ने ‘अल्टो ८००’ अटो शोमा पुगेर खरिद गर्ने हो भने उनले एक लाख ३० हजार रुपैयाँ छुट पाउनेछन् । यही कारण उनी मेलामा पहिलो दिन नै पुगे ।

बैंक व्याजदर
(मेला अवधि)
  व्याज दर
अन्य समय
कर्जा प्रवाह      भुक्तान अवधि सेवा  शुल्क
स्ट्याण्डर्ड चार्टर्ड ७.३९ प्रतिशत      ८० प्रतिशत    पाँच बर्ष ०.५ प्रतिशत
लक्ष्मी बैंक ७.५ प्रतिशत ८.५ प्रतिशत ८० प्रतिशतसम्म सात बर्ष ०.५ प्रतिशत
मेगा बैंक   ७.७५ प्रतिशत ९.५ प्रतिशत  ८० प्रतिशत आठ बर्ष १ प्रतिशत
किष्ट बैंक  ७.९९ प्रतिशत १० प्रतिशत ८०-१०० प्रतिशत आठ बर्ष ०.५ प्रतिशत
सानिमा बैंक ७.९९ प्रतिशत ९.५ प्रतिशत ८० प्रतिशत  सात बर्ष      
एनआइसी एसिया ७.९९ प्रतिशत ९.४९ प्रतिशत ७०–८० प्रतिशत छ बर्ष  १ प्रतिशत
बैंक अफ काठमाण्डु  ८–८.५ प्रतिशत  १३ प्रतिशत ८० प्रतिशत   आठ बर्ष  १ प्रतिशत
एनबी बैंक ८.९९ प्रतिशत ९.५ प्रतिशत ८०-९० प्रतिशत आठ बर्ष ०.५ प्रतिशत
माछापुच्र्छे बैंक    ८.९९  प्रतिशत ८.९९ प्रतिशत ८० प्रतिशत सात बर्ष शुन्य

              
छुटपछि हुन आउने रकम पनि सानो (१५ लाख ७० हजार) भने छैन । त्यसैले उनकै सहयोगका लागि मेलामा स्टल राखेर बेसेका बैंकका प्रतिनिधि कहाँ पुगे । कम व्याज दर (७.५ प्रतिशत) तोकेको लक्ष्मी बैंकको स्टलमा कुरा गर्न पुगेका उनी गाडी किन्ने सोच बनाएर निस्किए ।

मध्यमबर्गीय परिवारले पनि कार खरिद गर्ने क्रम बढ्न थालेपछि अटो शोमा स्टल राखेर बसेका नौं वाणिज्य बैंकका स्टलमा पहिलो दिनमै पनि फाटफुट मानिस नाम टिपाउन लागेका देखिन्थे । अटो शो उद्घाटन हुनु अघि नै स्ट्याण्डर्ड चार्टड बैंकमा यसरी नाम टिपाउनेको संख्या करिब २० पुगेको छ ।

मेलामा सहभागी नभएका अन्य बैंकहरुको व्याजदर:
बै‌क व्याजदर बै‌क व्याजदर बै‌क व्याजदर
एभरेष्ट बैंक  ८ प्रतिशत सिभिल बैंक ८.९९ प्रतिशत सिटिजन्स    प्रतिशत
हिमालयन बैंक ८.७५ प्रतिशत सनराइज    प्रतिशत ग्लोबल आइएमइ ९.५ प्रतिशत
सेञ्चुरी बैंक प्रतिशत नेपाल बैंक ९.५ प्रतिशत राष्ट्रिय वाणिज्य  १० प्रतिशत
नबिल  ९  प्रतिशत प्राइम १० प्रतिशत लुम्बिनी १० प्रतिशत
कुमारी       १०.५ प्रतिशत  एनसीसी ११ प्रतिशत जनता बैंक  ११ प्रतिशत
सिद्धार्थ १२ प्रतिशत एनएमबी १२ प्रतिशत  कृषि बिकास १२ प्रतिशत
 नेपाल इनभेष्टमेन्ट १२ प्रतिशत ग्राण्ड बैंक  १३ प्रतिशत   एसबीआई      १३.५ प्रतिशत

सवारी खरिदको लागि बैंकले अन्य समयमा दिने अटो तथा हायर पर्चेज कर्जाको व्याजदरभन्दा मेलाका लागि केही कम व्याजदरमा कर्जा पाइन्छ । मेलामा आफूलाई मन परेको गाडी छान्न र सस्तो व्याजमा लगानी गरिदिने बैंक खोज्न पनि सजिलो हुने भएकोले अवलोकनकर्ताको सहभागिता बढेको देखिन्छ ।

मेलामा अन्य समयमाभन्दा करिब चार प्रतिशतसम्म कम व्याजदरमा  बैंकहरुले कर्जाको व्यवस्था गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी बैंकसहित किष्ट बैंक, माछापुच्र्छे बैंक, सानिमा बैंक, मेगा बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डु, नेपाल बैंगलादेश बैंकले स्टल राखेका छन ।

बैंकले मेला अवधिभर त्यहाँ पुगेर कर्जा माग्नेलाई ७.५ प्रतिशतदेखि ८.९९ प्रतिशतसम्म व्याजदर तोकेका छन । सवारीको मूल्यको ७० देखि ८० प्रतिशतसम्म बैंकहरुले कर्जा दिने छन ।

बैंक अनुसार सबै कर्जा भुक्तानी गरिसक्नु पर्ने अवधि पाँचदेखि आठ बर्ष तोकिएको छ । माछापुच्र्छे बैंकले बाहेक अन्य सबैले थप सेवा शुल्क रकम पनि तोकेका छन् । सेवा शुल्क वापत बैंक अनुसार ०.५ देखि एक प्रतिशतसम्म शुल्क तोकिएको छ ।

केही बैंकहरुले कर्जाको लागि आवेदन दिएको तीनदेखि पाँच दिनभित्रमा कर्जा प्रवाह गर्ने र केहीले १० देखि १५ दिन लागाउने बताएका छन ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने प्यान नम्बर हुने ग्राहकलाई तोकेको व्याजदरमा ०.२५ प्रतिशत थप छुट दिने भएको छ । त्यस्तै, किष्ट बैंकले सवारीकै धितोमा समेत एक सय प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जानकारी दिएको छ ।

नेपाल बंगलादेश बैंकले पनि मेलामा आएर सवारी कर्जा लिनेले नियमित किस्ता तिरेर ५० प्रतिशत कर्जा भुक्तानी गरेमा व्याजदरमा थप ०.५ प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै, नियमित राम्रो आम्दानी हुने (स्यालराइज्ड)लाई सवारीको मूल्यको ९० प्रतिशत सम्म कर्जा दिने जानकारी दिएको छ ।

बैंकहरुले नियमित आम्दानीको स्रोत हुने कर्मचारी, व्यवसायी र कर्जा तिर्ने क्षमता भएका हेरेर कर्जा प्रवाह गरिने उल्लेख गरेका छन । त्यस्तै कर्जा लिएको एक बर्ष नपुग्दै सबै रकम बुझाउने लगानीकर्ताले भने बैंकअनुसार एक देखि दुई प्रतिशतसम्म शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

स्ट्याण्र्डर्ड चार्टर्डले यसरी एक बर्ष नपुग्दै कर्जा तिर्ने ग्राहकलाई दुई प्रतिशत शुल्क लाग्ने जानकारी दिएको छ ।