BIZMANDU
www.bizmandu.com

नेपाली वस्तु प्रवद्र्धनका लागि कार्यक्रम, मेड इन नेपाल प्रदर्शनी भदौमा

२०६९ असार २०

काठमाडौ । आगामी भदौ २१ गतेदेखि २४ गतेसम्म नेपालमा बनेका वस्तु तथा सेवाको प्रदर्शनी हुने भएको छ । डाइरेक्सन नेपालको व्यवस्थापनमा नेपाल युवा उद्यमी मञ्चले  नेपाली वस्तुको प्रवद्र्धन गर्न प्रदर्शन ीगर्न लागेको हो ।
नेपाली पौरखबाट उत्पादित बस्तुहरु प्रदर्शनीमा राखिनेछ । मञ्चले नेपालका वस्तु गुणस्तरीय भएपनि विदेशी सामान प्रयोग गर्ने क्रम बढेको भन्दै प्रदर्शनी गर्न लागेको हो ।
स्वदेशी उत्पादनको प्रयोग बढाउन प्रदर्शनी गर्न लागिएको मञ्चले जारी गरेको विज्ञप्तिमा  छ, प्रदर्शनीबाट नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास पनि मञ्चले लिएको छ ।
प्रदर्शनीमा साना तथा घरेलु उद्योग, हस्तकला, नेपाली सिने उद्योग, म्युजिक उद्योगको सहभागिता रहनेछ । प्रदर्शनीमा अवलोकनकर्ता निशुल्क प्रवेश पाउनेछन् । प्रदर्शनीमा १ सय ५० वस्तु उत्पादकको सहभागिता रहने मञ्चको दावी छ । मञ्चले भबिष्यमा अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डलाई चिनाउने योजना समेत बनाएको छ ।

Tata
GBIME
Nepal Life