BIZMANDU
www.bizmandu.com

पोखराबाट अत्याधुनिक एसी बस चल्न थाल्यो, यात्रुलाई गुणस्तरीय र स्तरीय यातायात सेवा दिइने

२०७१ भदौ १७

पोखरा । मोर्डन इरा टुर्स एन्ड ट्राभल्स प्रालि, अग्नि यातायात र जगदम्बा ट्राभल्स प्रालिले  भदौ १६ गतेदेखि पोखराबाट अत्याधुनिक एसी बस सञ्चालनमा ल्याएका छन्।
 
ती संस्थाले पत्रकारसम्मेलन गरी जगदम्बाले १०, मोर्डन इराले पाँच, अग्निले दुईवटा अत्याधुनिक एसी बस सञ्चालन गरेको जानकारी दिएका छन्।  ती बस ३१ सिटका छन्। यात्रुको चाहनाअनुसार गुणस्तरीय र स्तरीय यातायात सेवा प्रदान गर्ने उद्देश्यले त्यस्तो सेवा दिएको बताइएको छ।
 
बसमा एसीसहित वाइफाइ सेवा, आरामदायी सिट, मोबाइल चार्र्जर, हिटर तथा भिडियो सुविधा उपलब्ध छन्। मोर्डन इराका बस पोखरा–दिल्ली–पोखरा, अग्निका बस पोखरा–काठमाडौँ–पोखरा र जगदम्बाका बस देशका विभिन्न रुटमा सञ्चालन हुनेछन्। एउटा बसको मूल्य झन्डै रु ७० लाख पर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
 
पच्चीस वर्ष अगाडि बस सेवा सुरु गरेको जगदम्बाले हाल ५० बसबाट यातायात सेवा दिइरहेको छ। विगत आठ वर्षदेखि सेवारत मोर्डन इराले अहिले पोखराबाट दिल्लीसम्म दैनिक सेवा दिइरहेको छ भने पाँच वर्षदेखि अग्नि यातायातले आफ्नो सेवा सञ्चालन गर्दै आएको छ।
 
यातायात क्षेत्रमा ती संस्थाको झन्डै रु १५ करोड लगानी रहेको बताइएको छ। सञ्चालनमा ल्याइएका नयाँ बस पृथ्वी राजमार्ग बस सञ्चालन समितिमा आबद्ध भएर चलेका छन्।

Tata
GBIME
Nepal Life