BIZMANDU
www.bizmandu.com

क्लिन इनर्जी बैंक छैठौं वर्षमा, १० भन्दा बढी विद्युत परियोजनामा लगानी

२०६९ भदौ २३

काठमाडौं । क्लिन इनर्जी डेभलपमेन्ट बैक छैठौ वर्ष पूरा गरी सातौ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा बैकले १० भन्दा बढी जलविद्युत परियोजनामा लगानी गरेको बैकले जनाएको छ । बैंकले काठमाडौ वाहिर विर्तामोड, गोरखा, कटारी, फिदिम, ताप्लेजुङ र सल्लेरीबाट ग्राहकहरुलाई अत्याधुनिक बैकिङ सेवा दिँदै आएको जनाएको छ ।
बैकले यसै वर्ष नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट विकास बैक तथा वित्तीय संस्थाहरुको समूह अन्तर्गत नेसनल बेस्ट प्रजेन्टेड एकाउन्ट अवार्ड २०११ जितेको छ । बैकले गत आर्थिक वर्ष २१ करोड ४८ लाख सञ्चालन मुनाफा गर्न सफल भएको छ ।
यसैवीच एनएमबी बैक र प्राक्टिकल एक्सभन नेपालबीच ग्रामिण क्षेत्रका बेरोजगार युवा तथा लघु व्यवसायमा संलग्न व्यत्तिःको वित्तीय सेवामा पहुँच अभिवृद्धि गर्न विभिन्न कार्यक्रम लागु गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र बमोजिम कैलाली, धनगढी, डोटी र अछाम जिल्लमा यो कार्यक्रम लागु हुनेछ ।

Tata
GBIME
Nepal Life