BIZMANDU
www.bizmandu.com

गत आर्थिक बर्षमा ५१ करोड कमाएको सिद्धार्थ लगानी वृद्धि योजना–१ ले १५ प्रतिशत लाभांश दिने

२०७१ भदौ १७

काठमाडौं। सिद्धार्थ लगानी वृद्धि योजना–१ ले यस बर्ष १५ प्रतिशत लाभांश दिने भएको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको ४७ औं बोर्ड बैठकले सोमवार यस्तो निर्णय गरेको हो । 

हामीसंग यस पटक नै २० प्रतिशत लाभांश दिने क्षमता थियो, तर आगामी बर्ष पनि आकर्षक लाभांश दिन सकियोस भनेर हामीले पाँच प्रतिशत जति रकम सञ्चित गरेका हौं, क्यापिटलका प्रमूख कार्यकारी अधिकृत ध्रुव तिमिलसिनाले बताए । 

गत बर्ष पनि योजनाले आफ्ना लगानीकर्तालाई ४.५ प्रतिशत लाभांश दिएको थियो । अघिल्लो बर्ष जम्मा छ महिना सञ्चालनमा आएपनि योजनाले लाभांश दिएको हो । गत आवमा योजनाले ५१ करोड रुपैयाँ कमाएको छ ।

सिद्धार्थ लगानी वृद्धि योजना–१को प्रतिइकाई खुद सम्पती मूल्य असारमा २१.०९ रुपैयाँ रहेकोमा यस साउनमा बढेर २१.२१ रुपैयाँ पुगेको छ । निष्कासनको समयमा कम्पनीको प्रतिइकाइमा १० रुपैयाँको दरले लगानी गरेकाको प्रतिइकाइको मूल्य एक सय १२ प्रतिशतभन्दा धेरैले बढेको छ । 
 

Tata
GBIME
Nepal Life