BIZMANDU
www.bizmandu.com

सातामा सेयरः पहिलो तीन दिन लगातार घट्यो, फेरि बढ्न थाल्यो, बजारमा १३.२८ अंकले गिरावट

२०७१ भदौ १३

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर खरीदमा लगानी सीमा तोकेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ठूलो अन्तरले घटेको छ। साताको पहिलो तीन दिन लगातार घटेको सेयर बजार राष्ट्र बैंकले आफ्नो निर्देशनलाई स्पष्ट पारेपछि पछिल्लो दुई दिन करिव ५० अंकले बढेको छ। 
अघिल्लो तीन दिन ठूलो अन्तरले गिरावट आएका कारण साताभरलाई मूल्यांकन गर्दा बजार १३.२८ अंकले घटेको छ। बजार ९७२.१७ अंकमा कायम भएको छ।

Tata
GBIME
Nepal Life

साताभरमा १७१ कम्पनीहरुको कारोबार भएको छ। १७ हजार २६४ कारोबारबाट दुई अर्ब ५२ करोड ८५ लाख ३० हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका छन्। साताभरी ५१ लाख ७३ हजार ९१० कित्ता सेयरहरु खरिद बिक्री भएका छन्। गत साता १६७ कम्पनीहरुको कारोबार भएको थियो। 
 
'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.६५ अंकले घटेर २०८.६४ अंकमा आईपुगेको छ। यस साता कारोबार रकम (३१ करोड ८८ लाख रुपैयाँ) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (१० लाख ३२ हजार कित्ता) को आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा छ। त्यसै गरी कारोबार संख्या (१००७ वटा) को आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ।