BIZMANDU
www.bizmandu.com

पहिरो पिडितलाई सिभिल बैंकका कर्मचारीको एक दिनको तलब, ५.७५ लाखको चेक प्रधानमन्त्रीले बुझे

२०७१ भदौ १३

Tata
GBIME
Nepal Life

 काठमाडौं। सिभिल बैंकले  देशमा गएको बाढीपहीरो पिडीतको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण गरेको छ। बैंकका कर्मचारीहरुको एक दिनको पारिश्रमिक तथा बैंकको सामाजिक उत्तरदायित्व तर्फबाट लगायत सर्वसाधारणबाट संकलित रकम गरी जम्मा पाँच लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।

प्रधानमन्त्री सुशिल कोइरालालाई बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले चेक हस्तान्तरण गरेका हुन्।