BIZMANDU
www.bizmandu.com

ड्रागन एयरका क्याविन क्रुको सिएसआर क्याम्पेन, बिभिन्न बालगृहका वालवालिकालाई सहयोग

२०७१ भदौ १२

ड्रागन एयरका क्याविन क्रुको सिएसआर क्याम्पेन, बिभिन्न बालगृहका वालवालिकालाई सहयोग
ड्रागन एयरका क्याविन क्रुको सिएसआर क्याम्पेन, बिभिन्न बालगृहका वालवालिकालाई सहयोग

काठमाडौं। ड्रागन एयरका क्याविन क्रु तथा काठमाडौं स्थित कर्मचारीले सामाजिक उत्तरदायित्वको एउटा श्रृङ्खला सम्पन्न गरेका छन्। कर्मचारीले गत २८ जुलाई र २६ अगष्टमा हङकङ–काठमाडौं रुटको उडानबाट बचेको समयामा बिभिन्न सामाजिक संस्था भ्रमण गरि सहयोग हस्तान्तरण गरेका हुन्।

कर्मचारीले पहिलो चरणमा वालसारथी भवनको भ्रमण गरि सहयोग हस्तान्तरण गरेका छन्। यो संस्थाले औपचारिक शिक्षा लिन नसकेका बालबालिकालाई पढाउँदै आएको छ। केहि सहायताले यि बालबालिकाको भविश्य उज्वल पार्न मद्दत गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ। 'केहि सहयोगले यि बालबालिकालाई चोरी तथा अपराध जस्ता जघन्य कृयाकलाप तर्फ आकर्षित हुनबाट बचाउन सकिन्छ' कम्पनीले विज्ञप्ती प्रकाशित गर्दै भनेको छ। कम्पनीको टिमले दोस्रो चरणमा सफलता शिक्षा सदनको भ्रमण समेत पुरा गरेको छ।
त्यहाँका बालबालिकालाई पनि सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ। कम्पनीले बालबालीकालाई नियमित उपभोका सामग्री, खेलौना तथा शैक्षीक सामग्री उपलब्ध गराएको हो। सफलता शिक्षा निकेतनले एचआईभी पिडित असहाय बालबालीकालाई सहयोग पढाउँदै आएको छ।

ड्रागन एयरको टोलीले बृद्धबृद्धाले आश्रय पाएको आमाघर समेत भ्रमण गरेको छ। कम्पनीका स्टाफले उनीहरुलाई विषेश उपहार समेत दिए। कम्पनीको टोलीले भ्रमण गरेको अन्तिम संस्था नक्साल स्थित बाल मन्दिर रहेको छ। त्यहाँका बालबालिकालाई न्यानो कपडा, खेलौना लगायत विभिन्न सामग्रि दिएर उनीहरुको मुहारमा मुस्कान ल्याएको कम्पनीले जनाएको छ। ड्रागन एयरले संस्थागत सामाजिक उत्तरदायित्वलाई आफ्नो व्यवसायकै एक अंगको रुपमा विकास गरेको जनाएको छ। कम्पनीले हङकङ काउन्सिल अफ सोसियल सर्भिसबाट केयरिङ कम्पनी लागो समेत प्राप्त गरेको छ। सामाजिक उत्तरदायित्व निभाउन प्रतिबद्ध कम्पनीले यो लोगो पाउने गरेका छन्।

Tata
GBIME
Nepal Life