BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंक तथा आइएमई समूहबाट बाढीपीडितलाई २० लाख, प्रधानमन्त्रीलाई हस्तान्तरण

२०७१ भदौ ११

ग्लोबल आइएमई बैंक तथा आइएमई समूहबाट बाढीपीडितलाई २० लाख, प्रधानमन्त्रीलाई हस्तान्तरण
ग्लोबल आइएमई बैंक तथा आइएमई समूहबाट बाढीपीडितलाई २० लाख, प्रधानमन्त्रीलाई हस्तान्तरण


काठमाडौं । मुलुकका विभिन्न भागमा आएको बाढी÷पहिरो पीडितका लागि आईएमई समूह तथा ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैंया प्रदान गरेका छन् ।
बैंक तथा आईएमई समूहका अध्यक्ष चन्दप्रसाद्र ढकालले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई बुधबार सहयोग रकम हस्तान्तरण गरे ।
कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका नायब प्रमुख कार्यकारी अघिकृत जनक शर्मा पौड्याल तथा आइएमर्ईका प्रमुख कार्यकारी अघिकृत सुमन पोखरेलको पनि उपस्थिति थियो ।
अध्यक्ष ढकालले विगतमा पनि बैंक तथा आईएमई समूहले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै बाढी पहिरो पीडितका लागि सहयोग प्रदान गरेको स्मरण गराए ।
उनले मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई रकम सहयोग गरेको जानकारी दिए  । उहाँले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्ति तथा पीडितको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता जाहेर गरे ।

Tata
GBIME
Nepal Life