BIZMANDU
www.bizmandu.com

हाम्रै नेपालको, वाइनदेखि गाडीसम्म, आफनो भन्या आफनै हो (तस्वीर समाचार)

२०६९ भदौ २१

हाम्रै नेपालको, वाइनदेखि गाडीसम्म, आफनो भन्या आफनै हो (तस्वीर समाचार)
हाम्रै नेपालको, वाइनदेखि गाडीसम्म, आफनो भन्या आफनै हो (तस्वीर समाचार)

बिहिवारदेखि युवा उद्यमी मञ्चले स्वदेशी उत्पादन प्रवद्र्धनका लागि भृकुटीमण्डपमा प्रदर्शनी सुरु गरेको छ । हाम्रै नेपालको यो प्रदर्शनीमा नेपालमा उत्पादन भएका गाडीदेखि गमलासम्म प्रदर्शनीमा छन् । प्रदर्शनीमा स्वदेशी ब्राण्डमा वाइन उपलब्ध छ, रंगिविरंगी फेशनका कपडा छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल उद्योग परिसंघले सघाएको यो मेला आइतवासम्म चल्ने । प्रदर्शनीमा स्वदेशी ब्राण्डमा वाइन उपलब्ध छ, रंगिविरंगी फेशनका कपडा छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल उद्योग परिसंघले सघाएको यो मेला आइतवासम्म चल्नेछ । मेलामा बन्न लागेको काठमाडौं–हेटौडा सुरुङ मार्गको डेमो पनि छ । अरु के छ ?

सुरुङ्ग मार्ग : काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्गको छोटो अनुभव प्रदर्शनीमा छ । नेपाल पूर्वाधार विकास कम्पनीले बनाउन लागेको यो सुरुङ मार्ग निर्माणका लागि निजी–सार्वजनिक साझेदारीको अवधारणा अघि सारिएको छ । परियोजना बनाउन लाग्ने अर्बौं रुपैयाँ रकम सर्वसाधरणसँगबाट समेत उठाउने योजना कम्पनीको छ ।

हुलास जीप ः प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हुलासको जीप चढेपछि अधिकांश नेपालीले नेपालमा पनि गाडी बन्दो रहेछ भन्ने अनुभव गरेका थिए । नेपालमा बन्ने गाडीको झलक हाम्रै नेपालको प्रदर्शनीमा देख्न सकिन्छ । हुलास नेपालमा गाडी उत्पादन गर्ने पहिलो र एक्लो कम्पनी हो ।

डाँडाघरे वाइन : मेलाको अर्को आर्कषण डाँडाघरे वाइन पनि हो । पश्चिम नेपालमा उत्पादन हुने डाँडाघरे वाइन अहिले पुरै नेपालमा लोकप्रिय बनेको छ ।

पाल्पाली ढाका : मेलामा पाल्पाली ढाकाका विभिन्न उत्पादनहरु पनि पाइन्छ ।

कार्पेट : मेलामा आर्कषणको केन्द्रमा नेपाली कार्पेट पनि छ, कुनै वेला विदेश निर्यातमा चलेको कार्पेट उद्योग अहिले मन्दीको मारमा छ । तर नेपालीहरु पनि नेपालमा उत्पादन भएको कार्पेट खरिद गर्ने हैसियतमा पुगिसकेका छन् । अहिले नेपाली कार्पेट नेपालमा पनि राम्रै विक्री हुने वस्तुमा पर्दछ ।

बेतका फर्निचर : मेलामा बेत बाँसका कुर्ची, टेवल, सोफा लगायतका विभिन्न फर्निचरहरु पनि छन् । नेपालमा पछिल्ला दिनमा यस्ता फर्निचरको लोकप्रियता बढ्दै गएको छ ।

तयारी पोशाक : मेलामा महिला तथा पुरुषका विभिन्न पहिरनहरु पनि छन् । तेस्रो देशमा हुने तयारी पोशाकको बजार घटे पछि अहिले नेपाली कम्पनी नेपालकै लागि उत्पादन गरिरहेका छन् ।

घरेलु उत्पादन : मेलामा सबैभन्दा बढी घरेलु उत्पादनका स्टलहरु छन्

Tata
GBIME
Nepal Life