BIZMANDU
www.bizmandu.com

ठूला बैंकको सेयर मूल्य बढ्यो, इन्सुरेन्स कम्पनीको चाँदी कटाइ, बुटवल पावर बढ्यो

२०६९ भदौ २१

ठूला बैंकको सेयर मूल्य बढ्यो, इन्सुरेन्स कम्पनीको चाँदी कटाइ, बुटवल पावर बढ्यो
ठूला बैंकको सेयर मूल्य बढ्यो, इन्सुरेन्स कम्पनीको चाँदी कटाइ, बुटवल पावर बढ्यो

काठमाडौं । साढे १२ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांस प्रस्ताव गरेको नेपाल एसबीआई बैंकको सेयर मूल्य विहिवार ११ रुपैयाँले बढेको छ । विहिवारको वृद्धिपछि नेपाल एसबिआईको प्रतिकित्ता सेयर मूल्य ५८० रुपैयाँ पुगेको छ । विहिवार स्टकमा अधिकांश ठूला बाणिज्य बैंकको सेयर मूल्यमा समेत वृद्धि भयो । चार्टड बैंकको सेयर मूल्यमा १४ रुपैयाँले वृद्धि भएप्छि प्रतिकित्ता १७८० रुपैयाँ पुगेको छ । हिमालयन बैंकको प्रतिकित्ता १० रुपैयाँले सेयर मूल्य बढेर ६९० रुपैयाँ पुग्यो ।
ठूला बैंकको सेयर मूल्य बढेपछि नेप्सेमा बैकिङ समूह १.२४ अंकले बढ्यो । विहिवार जलविद्युत समूहमा बुटवल पावरको सेयर मूल्यमा ठूलै वृद्धि भयो । बुटवल पावरको प्रतिकित्ता २० रुपैयाँले सेयर मूल्य बढेर प्रतिकित्ता ७१० रुपैयाँ पुग्यो । अरुण भ्यालीको सेयर मूल्य १ रुपैयाँ, चिलिमेको सेयर मूल्य दुई रुपैयाँले बढ्यो । तीन कम्पनीको सेयर मूल्य बढ्दा जलविद्युत समूह ८.०९ अंकले बढ्यो ।
नेपाल स्टकमा विहिवार पनि इन्सुरेन्स समूहको नै दवादव रह्यो । एशियन लाइफको १६ रुपैयाँले, जेनरल फाइनान्सको १२ रुपैयाँ, लाइफ इन्सुरेन्सको ३९ रुपैयाँ, नेपाल लाइफ इन्सुरेनस ८८ रुपैयाँ नेशनल लाइफ इन्सुरेन्स १६ रुपैयाँ, प्राइम लाइफ इन्सुरेन्स १९ रुपैयाँले सेयर मूल्य बढ्यो । शिखर इन्सुरेन्सको सेयर मूल्य भने १५ रुपैयाँ र प्रुडेन्सियल इन्सुरेन्सको १२ रुपैयाँले सेयर मूल्य घटेर कारोवार भयो ।
इन्सुरेन्स कम्पनीको चाँदी कटाइ भएपछि विहिवार नेप्सेमा समूहको सूचकांक २२ अंकले बढ्यो । बैंक, इन्सुरेन्स र जलविद्युत समूहको सूचकांक बढेपछि विहिवार नेप्से १.२४ अंकले बढ्यो ।

Tata
GBIME
Nepal Life