BIZMANDU
www.bizmandu.com

सुन तोलाको ६० हजार पाँच सय नाघ्यो, तीन सातामा तीन हजार रुपैयाँले बढ्यो

२०६९ भदौ २१

सुन तोलाको ६० हजार पाँच सय नाघ्यो, तीन सातामा तीन हजार रुपैयाँले बढ्यो
सुन तोलाको ६० हजार पाँच सय नाघ्यो, तीन सातामा तीन हजार रुपैयाँले बढ्यो

काठामाडौं । विहिवार पनि सुन प्रति तोलामा तीन सय ३६ रुपैयाँले बढ्यो । नेपाल सुन चाँदी व्यवसायी संघले विहिवारका लागि छापावाला  सुन प्रति तोलाको ६० हजार पाँचसय ३६ रुपैयाँ मूल्य तोकेको छ । बुधवार सुन तोलामा दुई सय रुपैयाले बढेर ६० हजार दुइ सय रुपैयाँमा कारोवार भएको थियो ।
साताको सुरुदेखि नै उकालो लागेको सुनको मुल्य साताको दोस्रो दिन भने केहि घटेको थियो  त्यस यता सुनको मुल्य लगातार वृद्धि भैरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा भइरहेको वृद्धि सगै स्वदेशी वजारमा पनि सुनको मुल्यमा उच्च वृद्धि भएको हो । विहिवार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस शुन्य दशमलव ७० प्रतिशतले वृद्धि भएर १७०५ डलर पुगेको छ ।
नेपालमा पछिल्लो तीन सातामा मात्रै सुन प्रतितोलामा तीन हजार रुपैयाँले बढेको छ । तीन साता अघि भदौ १ गते सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life