BIZMANDU
www.bizmandu.com

सेवा बैंकको २० प्रतिशत बोनस सेयर प्रस्ताव, पाँच करोड रुपैयाँ चुक्ता पुँजी थपिने, तीन शाखा थप्दै

२०७१ भदौ ४

काठमाडौं । सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले बोनस सेयरमा लाग्ने करका लागि समेत नगद लाभांस दिने प्रस्ताव सञ्चालक समितिबाट पारित गरेको छ ।
बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले पाँच करोड १५ लाख २० हजार रुपैयाँ बराबरको बोनस शेयर तथा त्यसका लागि लाग्ने २७ लाख ११ हजार ५७८ रुपैयाँ नगद लाभांस दिने निर्णय गरेको हो ।
संचालक समितिको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुने तथा वार्षिक साधरणसभाबाट अनुमोदन हुने भने बाँकी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले जानकारी दिए ।
वोनस तथा हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पूंजी ३६ करोड ६ लाख ४० हजार पुग्ने बैंकका नायव प्रवन्धक विष्णु कुंवरले जानकारी दिए ।  बैंकले हालसम्म ६५ प्रतिशतभन्दा वढि लाभांस प्रदान गरिसकेको र विगत चार वर्षदेखी नेपाल स्टक एक्चेञ्जवाट ‘क’ वर्गमा सूचीकृत हुदै आएको छ ।
असार मसान्तसम्म बैंकले तीन अर्ब सात करोड ६८ लाख निक्षेप संकलन गरी दुई अर्ब ४४ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले १० वटा कार्यालय तथा ७ वटा एटिएम मार्फत वित्तीय  सेवा दिइरहेको छ । पाल्पाको तानसेन वजार, चितवनको नारायणगढ वजार तथा कपिलवस्तुको तौलिहवा वजारमा गरी थप तीन शाखा खोल्ने तयारी भैरहेको बैंकका नायव महाप्रवन्धक हरिप्रसाद लम्सालले जानकारी दिए ।  

Tata
GBIME
Nepal Life