काठमाडौं । सुनको भाउ आकासिएर सुनको कारोबार घट्न थालेपछि सुनचाँदी व्यवसायीहरुले ज्यालामा कटौती योजना ल्याएका छन् । रिद्धिसिद्धी ज्वेलर्सले सुनको गरगहना बनाउने ज्यालामा ५० प्रतिशत छुट दिएकै बेला आनन्द ज्वेलर्सले यस्तै छुट दिएको हो । बुधवारदेखि सुरु भएको यो योजना असोज ३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।