BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकले एकै दिन राजधानीमा चार शाखा थप्यो, शाखा संख्या ६६ पुग्यो, एटिएम ६१ वटा

२०७१ भदौ ३

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकामा थप चार शाखा खोलेको छ। बैंकले बालाजु, कपन, गोल्फुटार र लाजिम्पाटबाट औपचारिक रुपमा आफ्नो कारोवार सञ्चालन गरेको छ।  उक्त शाखाहरु संचालक गणेशमान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतसशिन जोशीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

बैंकका ६६ शाखा पुगेका छन्। बैंकका ६१ एटिएम छन्। बैंकले गत बर्ष एक अर्ब ४८ करोड सञ्चालन तथा ८१ करोड ५० लाख खुद नाफा आर्जन गरेको छ।