BIZMANDU
www.bizmandu.com

ग्यासको घाटाले निगमको बेहाल, दशैंका लागि सरकारसँग माग्यो तीन अर्ब

२०६९ भदौ २१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा ग्यासको भाउ बढ्दै गएपछि अर्को महिना आयल निगमलाई एक सिलिन्डरमा सात सय रुपैयाँ घाटा हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासका भाउ बढेको देख्दा हामी चिन्तित भएका छौ, निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले भने, यसले निगमको घाटा अझै बढ्ने देखिएको छ । अहिले एक सिलिन्डर ग्यासमा निगमलाई ३ सय ६५ रुपैयाँ घाटा छ । 
जाडो महिनामा ग्यासको मूल्य बढ्दै जान्छ । जाडोमा पानी तताउन, कोठा तताउन विश्वव्यापी रुपमा ग्यासकै प्रयोग हुन्छ । उनले अक्टोबरमा आउने नयाँ मूल्यले पार्ने प्रभावको बारेमा सचेत भइसकेको बताए ।
भबिष्यको मूल्य र अहिलेको घाटा हेरेर हामीले सरकारसँग तीन अर्ब रुपैयाँ माग गरिसकेका छौ, अग्रवालले भने, यो पैसा भएन भने तेल ल्याउन समस्या हुनेछ । निगमले तेलको मूल्य बढाए पनि घाटा अझै ७३ करोड रुपैयाँ छ । यो घाटाकै कारण अहिले तेलको आपूर्ति कटौती भइसकेको छ । स्रोतका अनुसार अहिले भारतबाट ५० प्रतिशत मात्रै तेल आइरहेको छ । तेल कम आए पनि जुलाई महिनामा स्टक ४० हजार किलोलिटर थियो । यही स्टकका कारण बजारमा अभाव देखिएको छैन् । 
 

Tata
GBIME
Nepal Life