BIZMANDU
www.bizmandu.com

एप्पलले चिनियाँ कम्पनीलाइ ६ करोड तिर्यो, आईप्याड बिक्रिको बाटो खुल्यो

२०६९ असार २०

एप्पलले चिनियाँ कम्पनीलाइ ६ करोड तिर्यो, आईप्याड बिक्रिको बाटो खुल्यो
एप्पलले चिनियाँ कम्पनीलाइ ६ करोड तिर्यो, आईप्याड बिक्रिको बाटो खुल्यो


काठमाडौं । विश्वविख्यात कम्प्युटर एवं स्मार्टफोन निर्माता कम्पनी एप्पलले चिनियाँ कम्पनीलाई ६ करोड अमेरिकी डलर बराबरको क्षतिपुर्ति दिने भएको छ । प्रतिलिपी अधिकार सम्बन्धी मुद्धा सल्टाउनका लागि एप्पले यति धेरै रकम तिर्ने भएको हो ।
चिनियाँ कम्पनी प्रोभ्यु र एप्पलवीच आईप्याड नामको प्रतिलिपि अधिकारसम्बन्धमा विवाद चलिरहेको थियो । आईप्याड नामको प्रतिलिपि अधिकार सन् २००० देखि आफुसँग भएकोले एप्पलले सो नाम चीनमा प्रयोग गर्न नपाउने प्रोभ्युले दावी गर्दै आएको थियो । यसैगरी एप्पलले सन् २००९ मा आफुले सो नाम विश्वव्यापि रुपमा प्रयोग गर्न पाउने गरि प्रतिलिपि अधिकार पाएको बताउँदै आएको थियो ।
एप्पलले आइप्याड नामलाई विश्वव्यापि रुपमा प्रयोग गर्नकालागि प्रोभ्युको ताईवानी सहायक कम्पनीलाई ५५ हजार डलर रकम तिरिसकेको छ । प्रोभ्युले सहायक कम्पनीलाई मुल कम्पनीको प्रतिलिपि अधिकार बिक्रि गर्ने अधिकार नभएको अडान लिएपछि पुनः रकम तिर्नु परेको हो । प्रोभ्युले चीनमा मात्रै नभई अमेरिकामा समेत एप्पल बिरुद्ध मुद्धा दायर गरेको भए पनि त्यहाँको अदालतले सो मुद्धा खारेज गरेको थियो ।  स्थानिय ग्वाङजोङ अदालतले आपसि विवाद समझदारीमा सुल्झाउन दुवै कम्पनीलाई अनुरोध गरेकोमा सोही अनुरुप भएको मध्यस्ततामा प्रोभ्युले माग गरे बमोजिमको ६ करोड डलर तिर्न एप्पल राजी भएको हो । सम्झौतासँगै एप्पलका उत्पादनहरु चिनियाँ बजारमा निर्वाध रुपमा विक्रिका लागि बाटो खुलेको छ ।
कन्जुमर इलेक्ट्रोनिक्सको ठुला बजारहरु मध्ये चीन अमेरिकापछि दोस्रो स्थानमा आउँछ । आर्कषक बजार भए पनि प्रक्रियागत कठिनाईका कारण एप्पल चिनियाँ बजारमा पूर्ण रुपमा प्रवेश गर्न सफल भइसकेको छैन । ठुलो एवं आर्कषक बजारमा आफुलाई कुनै रोकावट नहोस भन्नका लागि नै एप्पलले ठुलो रकम तिरेको हुनसक्ने विष्लेषकहरुको भनाई छ ।

Tata
GBIME
Nepal Life