BIZMANDU
www.bizmandu.com

सम्पति शुद्धिकरण विभागका शाखा अधिकृत १० लाख घुस लिँदै गर्दा रङ्गेहात पक्राउ

२०७१ साउन ३१

सम्पति शुद्धिकरण विभागका शाखा अधिकृत १० लाख घुस लिँदै गर्दा रङ्गेहात पक्राउ
सम्पति शुद्धिकरण विभागका शाखा अधिकृत १० लाख घुस लिँदै गर्दा रङ्गेहात पक्राउ

काठमाडौँ । सम्पति शुद्धिकरण अनुसन्धान विभागका शाखा अधिकृत शम्भु चालिसेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै पक्राउ गरेको पहिलोपोस्ट अनलाइनले जनाएको छ। आफ्नो भैँसेपाटीस्थित निवासमै १० लाख घुस लिँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।
 
कालो धन (आतंकवादी क्रियाकलापमा वित्तिय लगानी) निवारण विषयमा अनुसन्धान गर्न सरकारले अर्थ मन्त्रालय अन्तर्गत सम्पति शुद्धिकरण अनुसन्धान विभागको गठन गरेको हो।
 
अवैध, गैरकानुनी एवं आपराधिक कार्य र कसुर गरी कमाएको सम्पतिबारे र स्रोत नखुलेको सम्पतिबारे अनुसन्धान गरी कानुनी दायरामा ल्याउने मुख्य निकाय नै यही विभाग हो।
 
'सम्पत्ति शुद्धीकरण' भनेको गैरकानूनी रूपमा आर्जित धनलाई कानूनी ढंगले कमाइएको भनी रूप परिवर्तन गर्ने एक प्रक्रिया हो । 
 
विभागले मूलतः नेपाल राष्ट्र बैंक स्थित वित्तीय जानकारी इकाईबाट सूचना प्राप्त भएपछि अनुसन्धानको क्रममा प्रारम्भिक रूपमा शुरुवात गर्ने¸ आवश्यक परेमा विस्तृत र व्यापक अनुसन्धान तहकिकात गर्दछ।
 
मुद्दा मिलाइदिने, गैरकानुनी सम्पतिलाई शुद्ध बनाइदिने भन्दै विभागका कर्मचारीले घुस माग्ने गरेको भन्दै अख्तियारमा गोप्य उजुरी परेपछि उनीहरुमाथि निगरानी बढाइएको थियो, पहिलोपोस्ट अनलाइनले लेखेको छ। 

Tata
GBIME
Nepal Life