काठमाडौं । बुधवार सुनको मुल्य तोलामा दुइ सय रुपैयाले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले बुधवारका लागि छापावाला सुन प्रति तोला ६० हजार दुई सय रुपैयाँ तोकेको छ । मंगलवार मात्रै सुन तोलामा दुई सय २२ रुपैयाँ बढेर ६० हजार रुपैयामा कारोवार हुँदै नयाँ रेकर्ड बनाएको थियो । आइतवार तोलामा एकै दिन नौ सय रुपैयाँ बढेर ५९ हजार नौ सय रुपैयाँमा कारोवार भएको सुन सोमवार केही घटेको थियो । मंगलवार फेरी मूल्य माथि चढेपछि नयाँ रेकर्ड बनेको थियो । बुधवार चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ५९ रुपैयाँमा कारोवार भयो ।