BIZMANDU
www.bizmandu.com

यस्तो जमाना, घरायसी काममा मात्रै लगाए श्रीमानले दिनुपर्दछ श्रीमतीलाई तलव

२०६९ भदौ १९

यस्तो जमाना, घरायसी काममा मात्रै लगाए श्रीमानले दिनुपर्दछ श्रीमतीलाई तलव
यस्तो जमाना, घरायसी काममा मात्रै लगाए श्रीमानले दिनुपर्दछ श्रीमतीलाई तलव

नयाँदिल्ली । भारतमा घरायसी कामकाजमा संलग्न महिलाका लागि जागिर सरह तलब आउने भएको छ । भारतको केन्द्रीय महिला तथा बालबालिका मन्त्रालयले  तयार पारेको एउटा प्रस्ताव त्यहाँको क्याविनेटमा जाँदैछ, जुन प्रस्ताव पारित भए  श्रीमानले घरायसी काममा लगाउने श्रीमतीलाई तलव दिनुपर्दछ ।
भारतको ग्रामिण र शहरउन्मुख क्षेत्रमा विवाहपछि श्रीमतीलाई दैनिक घरायसी काममा लगाउने प्रचलन छ । यसरी काम लगाए वापत श्रीमानले आफ्नी श्रीमतीलाई मासिक तलव दिनुपर्ने व्यवस्था प्रस्तावमा छ ।
भारतको केन्द्रीय महिला तथा बाल विकास राज्यमन्त्रीका अनुसार प्रत्येक पुरुषले आफ्नो कमाइको केही हिस्सा आफ्ना श्रीमतीलाइ दिनुुपर्छ । उनका अनुसार सम्पुर्ण तयारी सकेपछि आगामि छ महिना भित्र उक्त प्रस्ताव कानुन बनाउन क्याविनेटबाट संसदमा पेस गरिने छ ।
भारतमा करिव ९० प्रतिशत महिलाले विवाहपछि घरपरिवारको काममा मात्र संलग्न हुने गरेको तथ्यांक छ । दैनिक घरायसी काम गरे पनि उनीहरुलाई माकिस आय प्राप्त हुँदैन ।
यसको गाम्भीरता त्यतीबेलामात्र देखिन्छ जब श्रीमानको मृत्यु हुन्छ या महिलाहरु पारपाचुके गर्छन्, उनीहरुसँग जीवनयापन गर्न आर्थिक समस्या पर्छ । यस्तो कानूनको सहायताले भारतीय महिलाको जीवनस्तरमा सुधार हुने तथा महिला सशक्तिकरणका लागि निकै ठुलो सफलता मिल्ने अपेक्षा गरिएको छ ।

Tata
GBIME
Nepal Life