BIZMANDU
www.bizmandu.com

लौ हेर्नुस आईफोन ५ को इयरफोन – सेक्सी, स्मल एण्ड क्युट

२०६९ भदौ १९

लौ हेर्नुस आईफोन ५ को इयरफोन – सेक्सी, स्मल एण्ड क्युट
लौ हेर्नुस आईफोन ५ को इयरफोन – सेक्सी, स्मल एण्ड क्युट

हनोई । आईफोनको नयाँ भर्सन आउने दिन नजिकिदै जाँदा बजारमा विभिन्न खाले हल्ला चल्न थालेका छन् । विशेषगरी प्रविधिसम्बन्धी साइटहरुमा आजभोली यस्ता हल्लाहरु व्यापक भेटिन्छन् । हल्लै हल्लाका बीच आईफोन ५ का बारेमा एउटा नयाँ  समाचार आएको छ ।
चिनियाँ कम्पनी फक्सकनको भियतनाममा रहेको एक फ्याक्ट्रिको हवाला दिंदै त्यहाँको स्थानीय सञ्चारमाध्यमले आईफोन ५ को इयरफोनको भिडियो तथा तस्वीर सार्वजनिक गरेको छ । फक्सकन आईफोन, आईपड, आईप्याड लगायतका एप्पलका अन्य उत्पादन एसेम्बल गर्ने कम्पनी हो ।
अडियो पनि भएको सो भिडीयोमा भनिएको छ – मेरो हातमा भएका यी वस्तुहरु बजारमा आउने तयारीमा रहेको आईफोन ५ र आईपडको नयाँ संस्करणका इयरफोन हुन् ।
यी इयरफोनले बजारमा भएका पुराना इयरफोनलाई विस्थापित गर्नेछन् । इयरफोन भियतनाममा रहेको फक्सकन्को कारखानामा उत्पादन भईरहेको छ । इयरफोनको आकार घोडाको टाउको जस्तो छ, यो पुरानो इयरवड जस्तो छैन । यी इयरफोनहरु लगाउँदा अन्यन्तै हल्का र सहज लाग्छन् ।
इयर फोनका हरेक भागहरु एक आपसमा जोडिएका छन जसले गर्दा यो विभिन्न वस्तुहरु जोडिएर नभई आफै उत्पादित जस्तो लाग्छ । यो इयरफोनको डिजाईनमा एप्पलको युगान्तकारी डिजाईनको छनक भेटिन्छ ।
आईफोनको पुरानो इयरफोन देखाउँदै भिडियोमा भनिएको छ, तुलना गर्नकालागि यहाँ मसँग पुरानो इयरफोन छ । नयाँ इयरफोन सानो छ र कानमा लगाउँदा पहिलेको जस्तो दुख्दैन । पुरानो इयरफोनमा भएको कानमा राखिने भाग निस्केलाजस्तो लाग्छ तर नयाँमा त्यस्तो छैन ।
यसमा पुरै जोडिएको छ, पुराना इयरफोन चीनमा बन्थ्यो भने केही मात्र भियतनामा बन्थे । नयाँ इयरफोन भने भियतनाममा मात्रै बन्छन् । भिडियोको अन्त्यमा डिजाईण्ड बाई एप्पल इन क्यालिफोर्निया, एसेम्बल्ड इन भियतनाम लेखिएको छ ।
भिडियो हेर्दा देखाईएको इयरफोन एप्पलकै लागि बनाईएको जस्तो लाग्छ । तर पनि १२ सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको आईफोन ५ को वास्तविक स्वरुप एप्पलका केहि कर्मचारी वाहेक अन्यलाई थाहा नभएको कुरा स्वीकार्नै पर्छ ।

Tata
GBIME
NLIC