BIZMANDU
www.bizmandu.com

कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा कृष्णप्रसाद आचार्य नियुक्त

२०६९ भदौ १९

कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा कृष्णप्रसाद आचार्य नियुक्त
कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा कृष्णप्रसाद आचार्य नियुक्त

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा कृष्णप्रसाद आचार्यलाई नियुक्त गरेको  । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले आचार्यलाई प्रमुख प्रशासकमा नियुक्त गरेको हो । उमेर हदका कारण प्रशासक डा. रमेशकुमार भट्टराईले अवकास पाएपछि कोषको प्रमुख प्रशासक पद खाली थियो । चार्टड एकाउन्टेन्ट  आचार्य नियुक्त हुनु अघि हसनादेवी शर्मा कामु प्रशासकका रुपमा कार्यरत थिइन् ।
कोषमै कार्यरत आचार्यलाई सार्वजनिक संस्थान निर्देशन बोर्डको सिफारिशमा सरकारले मनोनयन गरेको हो । बोर्डले खुला प्रतिश्पर्धाका आधारमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । बोर्डले आचार्य, कोषकै अर्का कर्मचारी राधाकृष्ण पोते र नागरिक लगानी कोषका सुशील अर्याललाई सञ्चय कोषको प्रमुखमा सिफारिश गरेको थियो ।
सञ्चय कोष पाँच लाख सञ्चयकर्ताको कोष व्यवस्थापन गर्ने नेपालको सबैभन्दा ठूलो वित्तीय संस्था हो । कोषमा झण्डै एक खर्ब रुपैयाँको निक्षेप छ भने कोषले वर्षमा डेढ अर्बभन्दा बढी मुनाफा गर्दछ ।
आचार्य यस अघि नेपाल औद्योगिक विकास निगम र युनाइटेड इन्सुरेन्समा प्रमुख भएर काम गरिसकेका छन् ।

Tata
GBIME
NLIC