BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमइको शाखारहित बैंकिङ सेवा नुवाकोटको रातमाटेमा, खुद नाफा एक अर्ब

२०७१ साउन १२

काठमाडौं। ग्लोबल आइएमई बैंकले सोमबारदेखि नुवाकोटको रातमाटे गाविस–१ महादेवफटमा शाखारहित बैकिङ सेवा सुरु गरेको छ। सेवाको उद्घाटन उद्योग वाणिज्य संघ नुवाकोटका कार्यवहाक अध्यक्ष ताराबहादुर कार्कीले गरे। बैंकका प्रमुख सञ्चालन अधिकृत सुरेशराज मर्हजनले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तातरण समेत गरेका छन्। सेवाको संचालनका लागि स्थानिय व्यवसायी रामबहादुर श्रेष्ठलाई प्रतिनिधि नियुक्त गरिएको छ। बैंकले गत बर्ष एक अर्ब ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 
 

Tata
GBIME
Nepal Life