BIZMANDU
www.bizmandu.com

ग्लोबलले सर्वसाधारणमा अपुग साढे तीन लाख कित्ता सेयर बिक्री गर्दै, १५३ रुपैयाँ आधार मूल्य

२०७१ साउन ११

ग्लोबलले सर्वसाधारणमा अपुग साढे तीन लाख कित्ता सेयर बिक्री गर्दै, १५३ रुपैयाँ आधार मूल्य
ग्लोबलले सर्वसाधारणमा अपुग साढे तीन लाख कित्ता सेयर बिक्री गर्दै, १५३ रुपैयाँ आधार मूल्य

काठमाडौं। ग्लोबल आइएमइ बैंकले तीन लाख ४९ हजार पाँच सय ९४ कित्ता साधारण सेयर बोलकबोलका आधारमा बिक्री खुला गरेको छ। अंकित मूल्य एक सय रुपैयाँ दरका सेयरमा ५३ रुपैयाँ प्रिमियम थपेर आधार मूल्य तोकेको छ। यसभन्दा वढी मूल्य हाल्नेले बैंकको सेयर पाउने छन्। 
बैंकले आइतबारबाटै सेयर बिक्रीका लागि आवेदन माग गरेको छ।
 

गत बर्षकाे नाफा एक अर्ब नाघ्याे


अध्यक्ष चन्द्रप्रसाद ढकालकाे अन्तर्वार्ता

साउन १८ गतेसम्म आवेदन दिन सकिन्छ। बैंकको सेयरको निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल हो।
सोसियल डेभलपमेन्ट बैंकलाई गाभेपछि बैंकमा सर्वसाधारणको सेयर हिस्सा कम भएको थियो। सोसियलले सर्वसाधारणलाई सेयर जारि नगर्दै ग्लोबल आइएमइ बैंकसँग मिसिएकाले सर्वसाधारणलाई बाँड्नु पर्ने सेयर अपुग भएको थियो। यो अपुग सेयर बैंकले प्रिमियम मूल्य तोकेर बोलकबोलबाट बिक्री प्रकृया थालेको हो।
ग्लोबल आइएमइको पछिल्लो सेयर मूल्य प्रति कित्ता सात सय २५ रुपैयाँका दरले बिक्री भइरहेको छ। बैंकले गत बर्ष एक अर्ब ७४ लाख रुपैयाँभन्दा वढी खुद नाफा आर्जन गरेको छ। बैंकले विदेशी साझेदार भित्राउनका लागि आवश्यक पहल पनि गरिरहेको छ। 
गत बर्ष ग्लोबल आईएमई र कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज भएका थिए। यो मर्ज पछि ग्लोबल आईएमईको पूँजी, निक्षेप तथा सञ्जाल निकै बढेको हो। बैंकको रिजर्भमा दुई अर्ब २१ करोड रुपैयाँ छ। मर्जपछि यो बैंकको चुक्तापूँजी चार अर्ब १० करोड पुगेको छ। सर्वसाधारणलाई बिक्री गरेको सेयरबाट केही रकम पुँजीमा थपिने छ भने जगेठा कोषमा पनि जाने छ। 
बैंकको सेयर खरिदका लागि न्युनतम एक सय कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ। सम्पूर्ण सेयर एकै पटक किन्नका लागि पनि आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ। 

Tata
GBIME
Nepal Life