BIZMANDU
www.bizmandu.com

नबिलकाे सहयोग मस्तिष्क पक्षघात भएका बालबालिकाको चिकित्सकीय सेवामा, पौने तीन लाख हस्तान्तरण

२०७१ साउन ९

काठमाडौं। नबिल बैंक लिमिटेडले मस्तिष्क पक्षघात स्वावलम्बन समूह–नेपाललाई पर्सा जिल्लामा मस्तिष्क पक्षघात भएका बाल बालिकाहरु र तिनिहरुको अभिभावकहरुलाई चिकित्सकीय सेवा, परामर्स तथा तालिम कार्यक्रम शुरुवात गर्नका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले दुई लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।   
मस्तिष्क पक्षघात स्वावलम्बन समूह–नेपालले आयोजना गरेको समहारोहमा पहुँच बाहिर रहेकाका लागि पर्सा जिल्लामा हुन गइरहेको कार्यक्रममा यो कोष उपयोग गर्ने बारे नबिल बैंकको तर्फबाट सहायक महाप्रबन्धक रमेश लोहनी र मस्तिष्क पक्षघात स्वावलम्बन समूह–नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमललाल श्रेष्ठले सम्झौता गरेका हुन्। लोहनीले उक्त रकम बराबरको चेक श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। 
मस्तिष्क पक्षघात भएको बाल बालिका तथा बयस्कका लागि उचित हेरचाह, सहुलियत र सहयोग पुर्‍याउने उद्देश्यले २८ बर्ष अगाडी मस्तिष्क पक्षघात स्वावलम्बन समूह–नेपाल स्थापित भएको हो।  
 

Tata
GBIME
Nepal Life