BIZMANDU
www.bizmandu.com

कन्जुमर विकास बैंकका २० लाख कित्ता सेयर सूचीकृत, कन्जुमरको बजेन ‘ओपनिङ बेल’

२०६९ भदौ १८

कन्जुमर विकास बैंकका २० लाख कित्ता सेयर सूचीकृत, कन्जुमरको बजेन ‘ओपनिङ बेल’
कन्जुमर विकास बैंकका २० लाख कित्ता सेयर सूचीकृत, कन्जुमरको बजेन ‘ओपनिङ बेल’

काठमाडौं । बिजमाण्डू डटकमलाई स्रोतबाट प्राप्त समाचार मुक्तिनाथ विकास बैंकले सोमवार पुष्टि गरेको छ । मुक्तिनाथ विकास बैंकले सोमवार सञ्चालक समितिको बैठक अनुसार साढे २७ प्रतिशत नगद र साढे २२ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई दिएको हो । बिजमाण्डूले गत शुक्रवार नै मुक्तिनाथको निर्णय सम्वन्धी समाचार प्रकासित गरेको थियो ।
नेप्सेमा आइतवार मुक्तिनाथको प्रतिसेयर मूल्य २९ रुपैयाँ बढेको थियो भने सोमवार तीन रुपैयाँ बढेर कारोवार भयो । मुक्तिनाथको प्रतिकित्ता ३२५ रुपैयाँमा कारोवार भएको थियो । सोमवार नेपाल स्टकमा नेपाल कन्जुमर डेभलपमेण्ट बैंकको सेयर २० लाक कित्ता सेयर सूचीकृत भएको छ । सोमवार कम्पनीको सेयर सूचिकृत भए पनि नेपाल स्टकमा भने कुनै कारोवार (ओपनिङ बेल) भएन् ।

Tata
GBIME
Nepal Life