BIZMANDU
www.bizmandu.com

अपडेट: ग्लोबल आइएमइको खुद नाफा एक अर्ब रुपैयाँमाथि, निक्षेप ५२ अर्ब पुग्यो, १० शाखा थप्दै

२०७१ साउन ५

काठमाडौं। ग्लोबल आइएमइ बैंकले गत आर्थिक बर्ष डेढ अर्ब रुपैयाँको हाराहारीमा सञ्चालन नाफा गरेको प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए । बैंकले एक अर्ब रुपैयाँभन्दा माथि खुद नाफा आर्जन गरेको छ। (भूलवश ९६ कराेडमाथि पर्न गएकाेमा सच्याइएकाे छ)
 
बैंकले अहिलेसम्म ५२ अर्ब निक्षेप संकलन गरेको छ। यो अवधिमा ४३ अर्ब रुपैयाँ कर्जा लगानी भएको बैंकले जनाएको छ।
बैंकले राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको १० वटा शाखा यसै बर्षभित्र सञ्चालनमा ल्याउने जनाएको छ। बैंकको अहिले ८३ वटा शाखा कार्यालय छन्। 
 

Tata
GBIME
Nepal Life