BIZMANDU
www.bizmandu.com

बेलायतको ड्राइभिङ परीक्षामा फेल हुँदा आत्मदाह प्रयास गर्ने नेपालीलाई सजाय छुट

२०६९ भदौ १७

बेलायतको ड्राइभिङ परीक्षामा फेल हुँदा आत्मदाह प्रयास गर्ने नेपालीलाई सजाय छुट
बेलायतको ड्राइभिङ परीक्षामा फेल हुँदा आत्मदाह प्रयास गर्ने नेपालीलाई सजाय छुट

एडिनवर्ग । एक वर्ष अघि आत्मदाह गर्ने प्रयास गरेकी नेपाली महिलालाई बेलायतको अदालतले एक वर्षको काराबास सजाय छुट दिंदै रिहा गरेको छ ।
परिवार सहित वेलायतको एडिनवर्ग बस्दै आएकी ३० वर्षिय यमकला सापकोटाले गत जुन २८ तारिकमा आफ्नै फ्ल्याटमा आत्मदाह गर्ने प्रयास गरेकी थिईन । अनलाईन संचारमाध्यमहरुका अनुसार सवारी चालक अनुमति पत्र लिन चौथो पटक गरेको प्रयास असफल भएपछि यमकलाले आत्मदाह गर्ने प्रयास गरेकी थिइन ।
सवारी चालक अनुमतिका लागि  ९० वटा ड्राईभिङ क्लास लिइसकेकी यमकलाले चौथो पटकमा पनि ट्रायल पास गर्ने सकेकि थिईनन् । असफलताका कारण तनावमा रहेकी यमकलाको श्रीमानसँग समेत भनाभन भएको अखवारहरुले उल्लेख गरेका छन् । स्थानीय रेष्टुरेष्टमा काम गर्दै आएका यदुमणी सापकोटाले यमकलासँग भनाभन गर्दा अप्रिय बचन लगाएका थिए । श्रीमान काममा हिँडेपछि नेपाली भाषामा सुसाईड नोट लेख्दै उनले आफ्नै शरिरमा आगो लगाएकी हुन् । सुसाईड नोटमा उनले आफुलाई मर्नु नै उपयु्क्त हुने ठानेको र अरु कसैको दोष नभएको उल्लेख गरेकी थिइन ।
लगातारको असफलताबाट विक्षिप्त भएको बेला मर्नु नै उपयु्क्त ठानेर आत्मदाह गर्ने निर्णय गरेको यमकलाले बताइन । एक छिमेकिले आगो नियन्त्रकलाई खवर गरेपछि उनको उद्धार भएको थियो । अचेत अवस्थामा भएकी यमकलाको अनुहारको १८ प्रतिसत भाग डढेको थियो भने टाउको, घाँटी, काँध, दाहिने पाखुरा र पिठ्युँ लगायत शरीरका अन्य भाग पनि डढेको थियो । केहि महिनाको आराम एवं सघन उपचारपछि उनको अवस्था सामान्य भएको थियो ।
स्थानीय अदालतले यमकलालाई आफ्ना छोराछोरीसँग भेट्न समेत बन्देज लगाउँदै दुई वर्षे कारावास सजाय तोकेको थियो । बयान दिने क्रममा यकमलाले आफुले आवेगमा निर्णय लिएको बताउँदै अरुलाई हानी नोक्सानी गर्ने उद्देश्यले आत्मदाह गर्ने प्रयास नगरेको बताएकी थिइन् । कारावास बसाइका क्रममा उनको व्यवहार राम्रो देखेपछि अदालतले प्रहरीको निगरानीमा छोराछोरीलाई भेटनसक्ने गरी प्रतिबन्ध फुकुवा गरेको थियो ।
अगस्ट ३१ मा सोहि अदालतले एक वर्षे कारागार जीवनमा राम्रो छवि प्रदर्शन गरेको तथा त्यस अघि कुनै पनि अपराध अभियोग नलागेको भन्दै यमकलाको बाँकी सजाय माफ गरिदिएको हो । सजाय माफी पाएपछि उनी निक्कै खुसी भएकी छिन् । उनका श्रीमान यदुमणीले खुसी ब्यक्त गर्दै भने, हाम्रो परिवार फेरी एक भएको छ । मलाई धेरै खुसी लागेको छ । यमकलाले पनि आवेगमा घातक निर्णय लिएकोमा पश्चाताप गरेकी छन् ।  
आठ वर्ष अघि श्रीमान सँगै बेलायत पुगेकी यमकला परिवार सहित उतै बस्छीन् । परिवारमा दम्पती वाहेक उनीहरुका तीन सन्तान पनि छन् । स्कट्सम्यान

Tata
GBIME
Nepal Life