BIZMANDU
www.bizmandu.com

चिलिमेमा घिसिङको पदावधि नथप्ने कदमको प्राधिकरणको कर्मचारीद्वारा विरोध, तुरुन्त सच्याउन माग

२०७१ साउन २

चिलिमेमा घिसिङको पदावधि नथप्ने कदमको प्राधिकरणको कर्मचारीद्वारा विरोध, तुरुन्त सच्याउन माग
चिलिमेमा घिसिङको पदावधि नथप्ने कदमको प्राधिकरणको कर्मचारीद्वारा विरोध, तुरुन्त सच्याउन माग

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारी युनियनले चिलिमे जलविद्युत आयोजनाको प्रबन्ध सञ्चालकबाट कुलमान घिसिङलाई घटाउने निर्णयको चर्को विरोध गरेका छन्। प्राधिकरणमा कार्यरत राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र कर्मचारी कल्याण परिषद्ले सम्युक्त विज्ञप्ती निकालेर घिसिङलाई नहटाउन माग गरेका हुन्।
गरिब जनताको लगानीमा गिद्धेदृष्टि लगाउने गिरोह, जलमाफिया र ठेकेदारका एजेन्टको प्रभावमा परेर घिसिङ पदावधि थप नगरेको युनियनले आरोप लगाएका छन्। घिसिङको अनुपस्थितीमा चिलिमेले सुरु गरेका दुई सय ७० मेगावाटको चार परियोजना समेत अघि बढन् नसक्ने युनियनले जनाएका छन्।
नेपाल विद्युत प्राधिकरणलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न विगतका मन्त्रीले सचिवलाई सञ्चालक समितिको अध्यक्ष बनाउने परिपाटी थाले पनि वर्तमान उर्जामन्त्री राधा ज्ञवालीले भने सुरु देखिनै हस्तक्षेप गरेको युनियनको आरोप छ। उनकै आदेशमा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक रामचन्द्र पाण्डेले घिसिङको पदावधि नथपेको युनियनको भनाइ छ। विवादबाट ग्रस्त राहुघाट जलविद्युत आयोजनालाई समेत एउटा दिशा दिन सफल मोहनरत्न शाक्यलाई अपमानपुर्ण ढंगले हटाइएको युनियनको विज्ञप्तीमा उल्लेख छ। यस्ता गल्ति सच्याउँदै स्वतन्त्र संस्थामा अनावश्यक हस्तक्षेप नगर्न पनि युनियनले मन्त्री ज्ञवाली समक्ष माग गरेका छन्।

Tata
GBIME
Nepal Life