BIZMANDU
www.bizmandu.com

विलिनियर्स क्लवका बैंकले नेप्से उचाले, चार्टड र एभरेष्टको सेयर मूल्यमा वृद्धि

२०६९ भदौ १७

काठमाडौं । आइतवार विलिनियर्स क्लवका बैंकको सेयर मूल्य राम्रैसँग चढेपछि बैंकिङ समूहको सूचकांक बढ्यो । सबैभन्दा बढी स्टयाण्डर्ड चार्टडको सेयर मूल्य ६० रुपैयाँले बढेर १८ सयको सीमामा उक्लिएको छ । नविल बैंकको सेयर मूल्य २५ रुपैयाँले बढेर प्रतिकित्ता १४६२ रुपैयाँ पुग्यो । एभरेष्ट बैंकको सेयर मूल्य २४ रुपैयाँले बढेर ११०५ पुग्यो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समेत ११ रुपैयाँले प्रतिकित्ता ५४५ रुपैयाँ पुग्यो भने हिमालयन बैंकको सेयर मूल्य सात रुपैयाँले बढेर ६९६ रुपैयाँमा कारोवार भयो । विलियनर्स क्लवको समूहमा भए पनि कृषि विकासको सेयर मूल्यमा आइतवार कुनै परिवर्तन भएन ।
आइतवार सानिमा, ग्रान्ड, सिटिजन्स, नेपाल एसबीआई बैंकको सेयर मूल्य बढ्यो । उता समस्याले घेरिएको नेपाल बंगलादेश बैंकको सेयर मूल्य नौ रुपैयाँले घटेर १३८ रुपैयाँमा झर्यो । बीमा समितिले अनियमितता भएको भन्दै कारवाही गरेको राजेन्द्र खेतान अध्यक्ष भएको एभरेष्ट इन्सुरेन्सको सेयर मूल्यमा भने अनपेक्षित परिणाम देखियो । आइतवार एभरेष्ट इन्सुरेन्सको प्रतिकित्ता २३ रुपैयाँले बढेर ३२२ रुपैयाँमा कारोवार भयो ।
आइतवार बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, इन्सुरेन्स, जलविद्युत र अन्य गरी सबै समूहमा हरियो बत्ती बल्यो । बैंक समूहमा भएको ७.७३ अंकको वृद्धिले नेप्से सूचकां ६.०४ अंकले बढ्दै ४११.८६ अंकमा आइपुग्यो ।

Tata
GBIME
Nepal Life