BIZMANDU
www.bizmandu.com

भाटभटेनी सुपरमार्केटले दियो टिचिङको आकस्मिक कक्षलाई २० थान बेड, पुर्वाधारमा सहयोग

२०७१ असार ३२

भाटभटेनी सुपरमार्केटले दियो टिचिङको आकस्मिक कक्षलाई २० थान बेड, पुर्वाधारमा सहयोग
भाटभटेनी सुपरमार्केटले दियो टिचिङको आकस्मिक कक्षलाई २० थान बेड, पुर्वाधारमा सहयोग

काठमाडौं । भाटभटेनी सुपर मार्केटका तर्फबाट त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई २० थान स्टिल बेड उपलब्ध गराइएको छ ।
सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले पिता स्व. बृषबहादुर गुरुङ र माता धनमाया गुरुङका सम्झनामा अस्पतालको आकष्मिक कक्षमा प्रयोग गर्न २० थान स्टिल बेड, १६ थान साइड टेबुल, ठूला डस्टविन चार थान, र वाटर स्प्रे निस्ट फ्यान दुई थान सहित विभिन्न उपकरण सोमबार त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिपक महरालाई हस्तान्तरण गरेका हुन् ।
शिक्षण अस्पतालको हाल सञ्चालनमा रहेको आकस्मिक कक्ष भाटभटेनीले नै निर्माण गरिदिएको हो । २०६८ सालमा अस्पताललाई हस्तान्तरण गरेको यो कक्षको भौतिक पुर्वाधार र सरसफाईको जिम्मा भोटभटेनी सुपरमार्केटले नै गर्दै आएको छ ।

Tata
GBIME
Nepal Life