BIZMANDU
www.bizmandu.com

कामना र ओम फाइनान्सवीच मर्जको समझदारी, केन्द्रियस्तरको विकास बैंक बन्ने तयारी

२०७१ असार ३०

कामना र ओम फाइनान्सवीच मर्जको समझदारी, केन्द्रियस्तरको विकास बैंक बन्ने तयारी
कामना र ओम फाइनान्सवीच मर्जको समझदारी, केन्द्रियस्तरको विकास बैंक बन्ने तयारी



काठमाडौं । कामना विकास बैंक र ओम फाईनान्स मर्जरमा जाने भएका छन् । मर्जरका लागि दुई संस्थाले सैदान्तिक सहमति समेत गरेका छन् ।

Tata
GBIME
Nepal Life

पोखराको सृजनाचोकमा केन्द्रिय कार्यालय रहेको कामना विकास बैंक लिमिटेड र पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको ओम फाईनान्सवीच मर्ज गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

सहमतिपत्रमा कामना विकास बैंकका अध्यक्ष राजेन्द्रनिधी कोईराला र ओम फाईनान्सका अध्यक्ष सुशिल कुमार गोशलीले हस्ताक्षर गरेको जारी प्रेस विज्ञप्तिमा छ ।

सहमतिअनुसार दुबै संस्थावीच मर्जर पछि राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नती हुनेछ भने संस्थाको नाम ओम विकास बैंक हुनेछ ।
मर्जर पछिको संस्थाको अध्यक्षमा ओम फाईनान्स लिमिटेडका अध्यक्ष सुशिलकुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा कामना विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य र नायव प्रमुख कार्यकारी अधिकृतमा ओम फाईनान्सका महाप्रवन्धक बुद्धि मल्ल रहने पनि जारी प्रेस विज्ञप्तिमा छ ।

हाल कामना विकास बैंकको १० वटा शाखाबाट दुई अर्ब ६० करोड निक्षेप तथा र्दुई अर्ब १० करोड कर्जा लगानी छ । त्यसैगरि ओम फाईनान्सको नौ वटा शाखाबाट चार अर्ब ४३ करोड निक्षेप तथा तीन अर्ब ४६ करोड कर्जा लगानी छ । मर्जर पछि हुने नयां संस्थाको निक्षेप सात अर्ब तीन करोड तथा कर्जा पाँच अर्ब ५६ करोड पुग्ने पनि प्रेस बिज्ञप्तिमा छ ।