BIZMANDU
www.bizmandu.com

मलेसियाको ध्वजाबाहक काठमाडौंमा, मलेसियन एअरलाइन्सले साताको तीन उडान

२०६९ भदौ १६

मलेसियाको ध्वजाबाहक काठमाडौंमा, मलेसियन एअरलाइन्सले साताको तीन उडान
मलेसियाको ध्वजाबाहक काठमाडौंमा, मलेसियन एअरलाइन्सले साताको तीन उडान

काठमाडौं । मलेसियाको राष्ट्रिय ध्वजाबाहक मलेसियन एअरलाइन्सले काठमाडौं–क्वालालम्पुरको उडान सुरु गरेको छ । एअरलाइन्सेले क्वालालम्पुर–काठमाडौं साताको तीन उडान भर्ने छ । मलेसियाको अर्को एअरलाइन्स एअर एशियाले एक महिना अघि साताको दुई उडान थालेको थियो । मलेसियन एअरलाइन्स (मास)ले ७३७–८०० बोइङबाट काठमाडौं उडान भर्ने छ । यो एअरलाइन्समा १४४ वटा इकोनोमी र १६ वटा विजनेश क्लासका सिट छन् ।
एअरलाइन्सको पहिलो उडानमा मलेसिया सहायक यातायात मन्त्री दातुक अब्दुल रहिम बक्री र मलेसियास्थित नेपाली दूतावासका निमित्त प्रमुख लेखनाथ भण्डारी समेत सोही विमानमा काठमाडौं आएका थिए । मासका व्यवसायिक निर्देशक डरहग नोयल डनलेभीका अनुसार मासले मंगलवार, विहिवार र शनिवार काठमाडौं सेकटरमा उडान भर्नेछ ।
मासको एमएच १७० नम्वरको फलाइट् स्थानीय ८ बजेर ३५ मिनेटमा छुटी साढे ११ बजे काठमाडौं आएको हो । सोही विमान काठमाडौंबाट १२.२० मा उडेर साँझ सात बजे क्वालालम्पुर विमानस्थलमा पुग्छ । मासले क्वालालम्पुर, पेनाङ र जोहरवारुबाट काठमाडौंका लागि इकोनोमी क्लासमा दुइतर्फी प्रमोशनल भाडा ३३ हजार रुपैयाँ (१२ सय रिंगेट) तोकेको छ ।
यसबाहेक मलेसियाको कोटा किनाबालु र कुचीङबाट ५१ हजार रुपैयाँ (१८७८ रिंगेट) फेयर तोकेको छ । यो फेयरसेप्टेम्वर १ देखि ३१ डिसेम्वर २०१२ भित्र उड्ने यात्रीका लागि तय गरिएको मासले जानकारी दिएको छ । मासका मलेसिया तथा आसियान क्षेत्रका उपाध्यक्ष इनकिक मुजामिल मोहमदले यो उडानबाट नेपाल र मलेसियाले व्यापार, लगानी र पर्यटनमा फाइदा लिन सक्ने बताएका छन् । उनले भनेका छन्, हामीले आउँदा दिनमा काठमाडौंमा थुप्रै सम्भावनाहरु देखेका छौं, त्यही सम्भावनालाई समात्न हामीले छिट्टै उडान भर्ने निर्णय ग¥यौं ।
मासले काठमाडौं पर्यटकहरुका लागि उडान हव भएको भन्दै नेपाल पर्यटकका लागि बजेटमा छुट्टि मनाउन सकिने क्षेत्र भएको बताएको छ । उपाध्यक्ष मोहमदले काठमाडौंको उडानबाट श्रम बजारमा काम गर्ने नेपालीलाई समेत फाइदा पुग्ने बताएका छन् ।
मासबाट नेपालीले विश्वका थुप्रै शहरहरुमा कनेक्टिङ फ्लाइट पाउने समेत उनले बताएका छन् । मासले आफ्नो उडान सञ्चाल बलियो बनाउने विजनेश प्लान अनुसार ७ डिसेम्वर २०११ मै काठमाडौं उडानको घोषणा गरेको थियो ।
मलेसियन एअरलाइन्सको प्रवेशपछि नेपाल एअरलाइन्सको सबैभन्दा धेरै मुनाफा हुने क्षेत्रमा ठूलो धक्का लाग्ने भएको छ । मलेसियामा अहिले चार नेपालीले रोजगारी गरिरहेका छन् ।

Tata
GBIME
Nepal Life