BIZMANDU
www.bizmandu.com

इकोनोमिक टाइम्सले पनि भन्यो, आगामी यात्राका लागि नेपाल उत्कृष्ट गन्तव्य

२०६९ भदौ १६

इकोनोमिक टाइम्सले पनि भन्यो, आगामी यात्राका लागि नेपाल उत्कृष्ट गन्तव्य
इकोनोमिक टाइम्सले पनि भन्यो, आगामी यात्राका लागि नेपाल उत्कृष्ट गन्तव्य

काठमाडौं । ‘ग्याप एअर’ पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको समाचार बेलायती मिडियाले प्रकासित गरेको दुई सातापछि भारतीय मिडिया इकोनोमिक टाइम्सल आगामी सिजनमा भारतीय पर्यटकलाई लागि नेपाल उत्कृष्ट गन्तव्य हुने रिपोर्ट सार्वजनिक गरेको छ । इकोनोमिक टाइम्सले भारतीय पर्यटकाक लागि छानेका छ देशको सूचीमा नेपाल दोस्रो नम्वरमा छ । पहिलो रोजाइ श्रीलंका बनाउन र दोस्रोमा नेपाललाई छान्न इकोनोमिक टाइम्सको सुझाव छ ।
भारतमा अब चाढपर्वको सिजन सुरु हुँदैछ भने यो सिजनसँगै विद्यालयहरुमा छुट्टी पनि हुन्छ । यस्तो बेला भारतीयहरु यात्राका लागि निस्कन्छन् । इकोनोमिक टाइम्स लेख्छ, सुरुमा गणेश चतुर्थी छ, त्यसपछि नवरात्री, दशैं अनि दपावली । चाढपर्वको अर्थ हो, विद्यालयमा छुट्टी यस्तो बेला केटाकेटी लिएर विदेश यात्राका लागि योजना बनाउने सबैभन्दा सुनौलो मौका हो ।
यदी तपाईले यात्राका लागि उचित बजेटमा राम्रो स्थान चाहनुहुन्छ र त्यसका लागि बुकिङ गर्न चाहनुहुन्छ भने यो उत्कृष्ट समय हो । यात्राका लागि नेपालको हिमालय श्रृखला, इन्डोनेसियाको समुद्री किनारा र इजिप्टको समथर भूमीसम्म तपाईका लागि तपाई योजना बनाउन सक्नुहुन्छ ।
नेपाल ः भारतसँग सिमाना जोडिएको सिमाना बुद्ध दर्शनको प्रभाव र हिन्दू प्रभुत्व भएको देश छान्न सक्नुहुनछ । नेपाल जानका लागि भारतीय नागरिकले भिसा लिनुपर्दैन, त्यसैले यो तपाईका लागि उत्कृष्ट गन्तव्य पनि हो । संस्कृति र यात्राका नेपाल परिचित छ । नेपालमा अधिकांश ठाउँमा भारतीय मुद्रालाई उपयोगमा ल्याउन सकनुहुन्छ, यद्यपी नेपाल जाँदा पाँचसय र त्योभन्दा ठूलो नोट भने लिएर जानुहुँदैन, किनकी यी नोट नेपालमा प्रतिवन्धित छन् ।
नेपालमा सहजदेखि कठिनसम्मका पहाडी पदयात्रा गर्न सकिन्छ । लाङटाङ उपत्यका, डोल्पा, चुम उपत्यका र अन्नपूर्ण सर्किटमा पदयात्रा गर्न सकिन्छ । त्यसका लागि एडभेन्चर कम्पनीबाट यात्रा छान्न सक्नुहुन्छ । यात्राका क्रममा अक्टोबरमा बिराटनगर पनि जान सक्नुहुन्छ । जहाँ दशैं र तिहार नेपाली शैलीमा मनाउन सकिन्छ । जलयात्रामा रुची राख्नेहरुले सेती नदीमा र्याफटिङ गर्न सक्छन् ।

Tata
GBIME
Nepal Life