BIZMANDU
www.bizmandu.com

नेप्सेको दिनदिनै रेकर्ड ब्रेक, एक हजार १४ को तहमा, एकै दिन २० अंक बढ्यो, ८६ करोड कारोबार

२०७१ असार २४

नेप्सेको दिनदिनै रेकर्ड ब्रेक, एक हजार १४ को तहमा, एकै दिन २० अंक बढ्यो, ८६ करोड कारोबार
नेप्सेको दिनदिनै रेकर्ड ब्रेक, एक हजार १४ को तहमा, एकै दिन २० अंक बढ्यो, ८६ करोड कारोबार

काठमाडौं। नेप्सेले मंगलवार पुनः नया रेकर्ड बनाएको छ । बिहान करिब १४ मिनेटमै एक हजारको तह पार गरेको नेप्से बजार बन्द हँदा एक हजार १४ बिन्दुमा आइपुगेको छ । लगानीकर्ताको मनोबलमा भएको वृद्धि र पर्याप्त तरलता उपलब्धताले बजारलाई नया उचाईमा डोर्याइरहेको छ । गत आइतवार देखि लगातार बढेको नेप्सेले तीन दिनमै ३९.८७ अंक जोडेपछि यो नया उचाई भेटेको हो । नेप्से यसअघि २०६५ भदौं २६ गते एक हजार २८ बिन्दुमा रहेको थियो । नेप्से हाल आइपुगेको स्थान त्यसयताकै उच्च हो ।
त्यो समय भदौं १५ मा भने नेप्से हालसम्मकै उच्च बिन्दु एक हजार एक सय ७५ मा थियो । तर नेप्से एक हजार एक सय ७५ को तह पुग्नु अघि भने एक हजार ५० देखि ७१ को बीचमा साना साना प्रतिरोध पाउन सक्छ । तर यसबीच आउने एक हजार ६४ को प्रतिरोध भने केही दरिलो छ । त्यो समय नेप्से २०६४ साल पुष दुई गते एकपटक एक हजार ६४ मा पुगेर सोही बर्षको चैतमा सात सयको तहसम्म ओर्लिएको थियो । 

Tata
GBIME
Nepal Life
कारोबारको पहिलो सत्रमा होटेल र जलविद्युत् समूहले नेतृत्व लिइरहेको बजारमा दोस्रो सत्रबाट भने बैंकिङ समूहमा उच्च सुधार हुन थाल्यो । बैंकिङ समूहको परिसूचक २५ अंकले बढेको छ । कृषि बिकास बैंकको नाफाको प्रक्षेपण बजारमा शुरु भएपछि सेयर मूल्य र कारोबार दुवै बढेको छ । बैंकको ९.९८ प्रतिशतले सेयर मूल्य बढेर चार करोड ७० लाख रुपैयाँको कारोबार भयो ।  
जलविद्युत् समूहका चिलिमे जलविद्युत्, अरुणभ्याली र नेशनल हाइड्रोको कारोबार उच्च भएको छ । यस दिन कारोबार रकमको आधामा प्रमूख पाँच कम्पनीमा यी कम्पनी पर्न सफल भए । 
 
सिभिक डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्कासनको लागि बुक क्लोजको मिति तोकिएको छ । बैंकको सोमवार बसेको बोर्डको बैठकले साउन पाँच गते यो मिति तोकेको छ । बैंकले चार बराबर एक अनुपातमा हकप्रद सेयर दिदै छ । साउन चार गतेसम्म बैंकको सेयर स्वामित्व हुने लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्ने छन । बैंकको हकप्रद निष्कासन पछि चुक्तापूँजी पाँच करोड रुपैयाँ पुग्ने छ ।
नेप्से आरएसआइ सुचकको आधारमा भने ओभरवट जोनमा रहेको छ । आरएसआई सुचकको ७० स्केल माथी परिसूचक पुगे बजारमा खरिदकर्ताको चाप बढेको र जोखिम पनि बढेको मानिन्छ । यस्तो सुचकको स्केल शुन्य देखि एक सयसम्म रहेको हुन्छ । नेप्से यसअघि पनि केही पटक भने यस्तो स्केलको ९० माथीसम्म पुगेको भने पाइन्छ । आरएसआई सुचक १४ दिनको अवधिमा परिसूचकले जोडेको वा घटाएको अंकलाई आधार मानेर निकालिन्छ । 

 

अपडेटः नेप्सेले छोयो एक हजारको तह, छ बर्षपछिको नया रेकर्ड, होटेल र जलविद्युत्को नेतृत्व

  • नेप्से परिसूचक १०१२ मा, १७.७३ ले बढ्यो

    बैंकिङ १९.८८, होटेल ४६.२९ , जलविद्युत् ३९.२३ अंकले बढ्यो 
  • एक सय २१ मा १५ कम्पनीको मूल्य घट्यो, नेप्से १००८ मा आर्लियो
  • नेप्सेले भेट्यो १०१०, १५ अंकले बढ्यो नेप्से
  • नेप्सेले काट्यो १००४ को तह, १२ बजेर ३० मिनेटमा एक हजार सात मा
  • कारोबार खुलेको १४ मिनेट मै नेप्से परिसूचकले एक हजारको तह भेटेको छ । नेप्सेले छ बर्षपछि पहिलो पटक एक हजारको बिन्दु भेटेको हो । यसअघि नेप्से २०६५ असोज २७ गते एक हजार चार बिन्दुमा रहेको थियो । १२ मिनेटमा बजारमा दुई करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । 
  • कृषि बिकास बैंकको सेयर सबैभन्दा धेरै नौं प्रतिशतले बढ्यो । हिमालयन डिष्टिलरीको ५.७ प्रतिशत, सोल्टि होटेलको ३.८ प्रतिशतले मूल्य बढेको छ । झिमरुक र कन्ट्रि डेभलपमेन्ट बैंकको पनि मूल्य बढ्यो ।  यस दिन बजार उकाल्ने नेतृत्व जलविद्युत् समूह र होटेलले लिएको छ । जलविद्युत् समूह १६ अंक, होटेल समूह ५२ अंकले बढ्यो । बैंकिङ समूह पनि ६.६९ अंकले बढेको छ । यस दिन कारोबार अवधिमा पटक पटक ९९७ मा केही समय पुग्दै केही घट्दै गरेको नप्सेले त्यसपछि सजिलै एक हजारको तह भेटेको हो ।