BIZMANDU
www.bizmandu.com

एक सातादेखि बीमा समितिमा आधा दिन काम, शुक्रबार पुरै ठप्प, सहमति पुरा नगरेको आरोप

२०७१ असार २१

एक सातादेखि बीमा समितिमा आधा दिन काम, शुक्रबार पुरै ठप्प, सहमति पुरा नगरेको आरोप
एक सातादेखि बीमा समितिमा आधा दिन काम, शुक्रबार पुरै ठप्प, सहमति पुरा नगरेको आरोप


काठमाडौं। बीमा समितिमा गत सातादेखि आधा दिन मात्र काम भइरहेको छ। व्यवस्थापनले पुर्वसहमति पालना नगरेको भन्दै बीमा समिति कर्मचारी युनियनले दिउँसो एक बजेसम्म काममा रोक लगाएको हो।
एक देखि दुई बजेसम्म लञ्च बिदा र त्यस पछिमात्र कार्यालयको काम नियमित हुने गरेको छ। शुक्रबार साढे एक बजेसम्म मात्र कार्यालय समय रहेको हुँदै कुनै पनि काम नगरि कर्मचारी फर्किए। कर्मचारी युनियनले तेस्रो चरणको आन्दोलन शुक्रबार सकिएको छ। तेस्रो चरणमा १८ देखि २० असारसम्म अध्यक्षको कार्यकक्षमा दुई घण्टा धर्ना दिइ कर्मचारीले दिउँसो एक बजेसम्म काम वहिस्कार गरेका हुन्।
आइतबार सुरु हुने चौथो चरणको आन्दोलनमा पनि आधादिन कार्यालय ठप्प पार्ने युनियनका अध्यक्ष शम्भुप्रसाद मिश्रले जानकारी दिए। युनियनले नौ असार देखि कार्यालयको काममा अवरोध नगरि हातमा कालोपट्टि बाँधेर पहिलो चरणको आन्दोलन सुरु गरेको थियो । दोस्रो चरणमा बिहान १० देखि १२ बजेसम्म समिति अध्यक्षको कार्यकक्षमा धर्ना दिएको अध्यक्ष मिश्रले बताए।
आफूहरुले कुनै नयाँ माग अघि नसारी बिगतमा भएका सहमति कार्यान्वयनका लागि मात्र व्यवस्थापनलाई दबाब दिन आन्दोलन गरेको मिश्रको दाबी छ। चौथो चरणमा पनि सहमति कार्यान्वयन नगरे थप आन्दोलन चर्काउने उनले बताए।
युनियनले कर्मचारी सेवा सर्त विनियमावली २०६८ को पुर्ण कार्यान्वयन, बीमा ऐन २०४९ र बीमा नियमावलीमा २०४९ मा समयसापेक्ष परिवर्तन गराउनु पर्ने लगायतका माग राखेर कर्मचारीले आन्दोलन गरेका हुन्। यस बारे युनियन र समितिले गठन गरेको टोलीबीच गत ३० बैशाखमा सहमति भए पनि कार्यान्वयन नगरेको मिश्रको आरोप छ।
युनियनले सहमति कार्यान्वयन गराउने सहित पछिल्लो चरणको आन्दोलनमा अन्य मुद्दा पनि अघि सारेको छ। समितिबाट न्युन प्रतिफल पाउने ठाउँमा गरेको लगानी छानविन गरि व्यवस्थित गर्नु पर्ने, बीमकलाई बिभिन्न चरणमा गरिएका निरीक्षणबाट प्राप्त कैफियत अनिवार्य कार्यान्वयन गराउने पर्ने, सेवाग्राहीको काम छिटो छरितो गर्न कामको बाँडफाँड सहित नागरिक बडापत्र राखिनु पर्ने लगायत १३ सुत्रिय आन्दोलन गर्नु पर्ने कारण पनि युनियनले अघि सारेको हो।

Tata
GBIME
Nepal Life